बजारमा कारोबारमा आएका अधिकांस समूहमा गिरावट आएपछि सोमबार नेप्से परिसूचक ६.४८ अंकले घटेर १६२९.०८ विन्दुमा पुगेकोे छ । १५३ कम्पनीको कारोबार भएको बजारमा १७ लाख २५ हजार कित्ता सेयर एक अर्ब पाँच करोड बराबरमा किनबेच भए । आइतबारको तुलनामा कारोबार रकम एक करोड बढी हो ।
यसदिन पनि बीमा कम्पनीहरुको ४८ करोड ३० लाख बराबरको सेयर किनबेच भयो । बीमा समूहको सूचक सय अंकले बढेर ९३६९ अंक पुगेको छ । यसदिन १५ अंकले घटेको वाणिज्य बैंक समूहमा भने २१ करोड बराबरको सेयर किनबेच भएको छ ।
यसदिन पनि सानिमा माइ हाइड्रको सबैभन्दा धेरै ८ करेड बढीको सेयर किनबेच भयो । पाँच कम्पनीको सेयरमूल्य दश प्रतिशतका दरले बढ्यो । यसदिन नेशनल हाइड्रो, अरुण फाइनान्स, हिमालयन डिष्टलरी, राष्ट्रिय बीमा कम्पनी साधारण र संस्थापक दुवैको सेयरमूल्य दश प्रतिशतकादरले बढेको छ । यसदिन गुराँस फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ६ प्रतिशतकादरले गुमाए ।
............................................................................................................................................................................
घरमा बसेर अनलाइनबाट डिम्याट खाता खोली एक लाख रुपैंयाको बीमा सित्तैमा गराउनुहोस् ।