रैराङ हाइड्रोको आइपीओ बाँडफाँड, साउन १० गतेदेखि रकम फिर्ता गर्ने

Jul 24, 2017 merolagani

रैराङ हाइड्रो पावर डेभलपमेण्ट कम्पनीले स्थानीयवासीको लागि जेठ २५ गते देखि असार ८ गते सम्म निष्काशन गरेका पाँच लाख ६० हजार कित्ता साधारण सेयर साउन ६ गते बाँडफाँड गरेको छ । आईपीओ नपरेको रकम कम्पनीले साउन १० गते मंगलबारदेखि नेपाल क्लियरिङ हाउसको आईपीएस प्रणाली मार्फत सिधै आवेदकको खातामा फिर्ता हुने कम्पनीले जनाएको छ ।

रैराङ हाइड्रोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ अनुसार आईपीओ बाँडफाँड गरेको हो । कम्पनीले आयोजनाबाट प्रत्यक्ष प्रवाभित पाँचथरको साविक थर्पु तथा ताप्लेजुङको साविक साब्लाखुका लागि दुर्इ लाख २४ हजार कित्ता तथा दुवै जिल्लाका बाँकी गाविसका स्थानियका लागि तीन लाख ३६ हजार कित्ता सेयर निष्कासन गरेको थियो ।

जसमा आयोजनाबाट प्रत्यक्ष प्रभावित क्षेत्रका १०३५ स्थानिय आवेदकबाट पाँच लाख १५ हजार ६७० कित्ता तथा  अन्य प्रभावित क्षेत्रका स्थानिय ३८९५ आवेदकबाट १८ लाख ५२ हजार ७६० कित्ता सेयर माग भएको थियो ।

प्रत्यक्ष प्रभावित तर्फ ५० देखि ३०० कित्ता सेयर माग गर्ने सबै आवेदकहरुलाई आवेदन गरे ७९ हजार ११० कित्ता सेयर बाँडफाँड गरिएको छ । ३५० देखि २८०० कित्तासम्म माग गर्ने सबै आवेदकहरुलाई ३०० कित्ताका दरल एक लाख ४१ हजार कित्ता र बाँकी रहेको ३८९० कित्ता सेयर ३५० देखि २८०० कित्ता माग गर्ने ३८९ जनालाई गोलाप्रथाबाट थप १० कित्ताका दरले बाँडफाँड गरिएको छ ।

त्यस्तै प्रभावित क्षेत्रतर्फ ५० देखि ९० कित्ता सेयर माग गर्ने सबै आवेदकहरुलाई आवेदन गरे बमोजिम २९ हजार ७०० कित्ता सेयर बाँडफाँड गरिएको छ । १०० देखि २८०० कित्तासम्म माग गर्ने आवेदकहरुलाई ९० कित्ताका दरले दुई लाख ९७ हजार ७२० कित्ता र बाँकी रहेको ८५८० कित्ता सेयर १०० देखि २८०० कित्ता माग गर्ने ८५८ जनालाई गोलाप्रथाबाट थप दश कित्ताका दरले बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।

हाल कम्पनीको जारी पुँजी ५६ करोड रुपैयाँ रहेको छ भने संस्थापक सेयरधनीको स्वामित्व ७५ प्रतिशत रहेको छ । कम्पनीले स्थानीयका लागि जारी गरिएको आईपीओ बाँडफाँडपछि दोस्रो चरणमा १५ प्रतिशत बराबरको ८ लाख ४० हजार कित्ता सेयर कर्मचारी र सर्वसाधारणलाई लागि बिक्री गर्नेछ ।

............................................................................................................................................................................

घरमा बसेर अनलाइनबाट डिम्याट खाता खोली एक लाख रुपैंयाको बीमा सित्तैमा गराउनुहोस् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।