स्वदेशी लघुवित्तले खुद नाफा ५४ प्रतिशतले बढायो

Jul 25, 2017 Merolagani

स्वदेशी लघुवित्तले गत आर्थिक वर्षमा दुई करोड ३९ लाख ६३ हजार रुपैंया खुद नाफा कमाएको छ । लघुवित्तले अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा एक करोड ५५ लाख ११ हजार रुपैंया खुद नाफा कमाएको थियो । समिक्षा अवधिमा लघुवित्तको खुद नाफा ५४.४८ प्रतिशतले बढेको हो ।

समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी सात करोड रुपैंयाबाट बढेर १० करोड रुपैंया पुगेको छ । लघुवित्तको पूँजी ४२.८५ प्रतिशतले बढेको हो । पूँजीभन्दा कमाईको वृद्धि प्रतिशत धेरै भएका कारण लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ ।

समिक्षाअ अवधिमा लघुवित्तको जगेडा कोषको आकार ४५ लाख ५७ हजार रुपैंयाबाट बढेर दुई करोड ८५ लाख २० हजार रुपैंया पुगेको छ । निष्कृय कर्जा अनुपात भने शुन्य प्रतिशतबाट १.२४ प्रतिशतमा उक्लिएको छ ।
३२ रुपैंया ४८ पैसा प्रतिसेयर आम्दानी रहेको लघुवित्तको प्रतिसेयर नेटवर्थ १३८ रुपैंया ६६ पैसा रहेको छ ।

............................................................................................................................................................................

घरमा बसेर अनलाइनबाट डिम्याट खाता खोली एक लाख रुपैंयाको बीमा सित्तैमा गराउनुहोस् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।