बिशाल बजार कम्पनीको सेयर संरचनामा ब्यापक उलट -पुलट

Jul 25, 2017 Merolagani

बिशाल बजार कम्पनी लिमिटेड(BBC)को सेयर संरचनामा ब्यापक उलट पुलट भएको छ । सर्बोच्च अदालत र पाटन उच्च अदालतको आदेश बमोजिम बिशाल बजार कम्पनीमा सरकारको सेयर थप गनुृपर्ने भएपछि सेयर संरचनामा ब्यापक बदली आएको हो ।

सरकारको तीन अर्ब ९६ करोड पूँजी थप हुने भएपछि कम्पनीको चुक्ता पूँजी अब चार अर्ब एक करोड हुने भएको छ । यसअघि पूँजी पाँच करोड मात्र थियो ।

काठमाडौको न्युरोडमा बिशाल बजार स्थापना हुने समयमा सरकारले दिएको जग्गाको हिसाब नभएकाले सो जग्गाको मूल्यांकनलाई सेयरमा बदली गर्दा सेयर संचरना फेरिएको हो । अब अधिकांश सेयर अर्थ मन्त्रालयको भएको छ । बिशाल बजार कम्पनीलाई कब्जा गरेर बसेका संचालकहरुले सरकारको जग्गा वापतको सेयर दिन नमानेपछि अदालतमा मुद्धा परेको थियो ।

बिशाल बजार कम्पनीमा भएको अनियमितता र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थालेको छानविनका कारण नेप्सेमा उसको सेयर कारोबार लामो समयदेखि रोकिएको छ ।

कम्पनीले यही साउन ३१ गते चौतिसौ बार्षिक साधारण सभा आयोजना गरी सेयर संरचना परिवर्तन र लेखापरीक्षण प्रतिबेदन पारित गर्ने लगायतका कार्यसूची सार्वजनिक गरेको छ ।

बिशाल बजार कम्पनीले २०७२ सालको तेस्रो त्रैमासिक बित्तीय बिबरण सार्वजनिक गर्दा पाँच करोड ५३ लाख रुप्रयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ११० रुपैयाँ देखाएको थियो । अब पूँजी बढेसँगै त्यसमा पनि ब्यापक परिवर्तन आउने भएको छ । उसको सेयर मूल्य कारोबार बन्द हुनुअघि २०३० रुपैयाँ प्रतिकित्तामा कारोबार भएको थियो ।

............................................................................................................................................................................

घरमा बसेर अनलाइनबाट डिम्याट खाता खोली एक लाख रुपैंयाको बीमा सित्तैमा गराउनुहोस् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।