२०१५ सालमा बर्दियाको गुलरियामा जन्मिएका शाहले सन १९८८ मा चार्टड एकाउन्टेन्टको अध्ययन पुरा गरेका थिए । नेपाल बिमक संघमा दुई कार्यकालसम्म अध्यक्ष भईसकेका शाह एसिया र अफ्रिकाका विकासशील राष्ट्रहरुमा कार्यरत एशोसिएसन अफ इन्स्योरेन्स एण्ड रिइन्स्योरेन्स कम्पनीज इन डेभमपिङ कन्ट्रीजका उपाध्यक्ष समेत रहेका छन् ।
नेपाल इन्स्योरेन्सले गत असार २० गते शाहलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको थियो । शाहले अबको चार वर्ष नेपाल इन्स्योरेन्सको प्रमुख कार्यकारीको जिम्मेवारी सम्हाल्ने छन् ।
............................................................................................................................................................................
घरमा बसेर अनलाइनबाट डिम्याट खाता खोली एक लाख रुपैंयाको बीमा सित्तैमा गराउनुहोस् ।