बुटवलमा शेयर तालिम सम्पन्न

Jul 25, 2017 Merolagani

सेयर बजारमा राजधानी बाहिरका लगानीकर्ताको सक्रियता बढाउने उद्धेश्यले बुटवलमा सेयर तालिम आयोजना गरिएको छ । चितवनको क्यापिटल प्लस र बुटवलको सफल नेपाल इन्भेस्टमेन्ट कम्पनीले एकदिने सेयर तालिम सप्पन्न सम्पन्न गरेका हुन् ।

तालिम कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठले सेयरमा गरिने लगानीले राम्रो आम्दानी हुने बताएका थिए ।

बजार र सुचिकृत कम्पनीका सम्बन्धमा पर्याप्त जानकारी संकलन गर्ने चलन नहुँदा कतिपय लगानीकर्ताले आम्दानी गर्न नसकेको उनको भनाई थियो । त्यस्तो अवस्था अन्त्य गर्नका लागि सेयर सम्बन्धि तालिमहरु प्रभावकारी हुने बताएका उनले बजारको सुक्ष्म अध्ययनमा लगानीकर्ता अभ्यस्त हुने बताएका थिए ।

शेयर कारोबारका लागि आवश्यक आधारभुत ज्ञान प्रदान गर्ने उदेश्यले तालिम आयोजना गरिएको आयोजकले बताएका छ्न । एक दिने तालिममा एक सय ७५ जनाको सहभागिता रहेको थियो ।

............................................................................................................................................................................

घरमा बसेर अनलाइनबाट डिम्याट खाता खोली एक लाख रुपैंयाको बीमा सित्तैमा गराउनुहोस् ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।