संस्थापक एफपीओ बिक्री गर्ने कानून नै नभएपछि बैंक अफ काठमाण्डुलाई फसाद

Jul 25, 2017 Merolagani

तीर्थराज पाैड्याल

थप नयाँ संस्थापक सेयर (एफपीओ) प्रिमियममा ल्याउने कानुनी व्यवस्था नभएपछि बैंक अफ काठमाण्डू (बिओके) को आठ अर्ब पूँजी योजना के हुने भन्ने अन्यौल उत्पन्न भएको छ । ६१ लाख ५८ हजार ६७ कित्ता संस्थापक एफपीओ जारी गर्ने स्वीकृति पाउन बिओके आफुकहाँ आएपछि धितोपत्र बोर्डले त्यस्तो स्वीकृति दिन कानून नै नभएको बताएको छ ।

हाल ५ अर्ब ६३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंक अफ काठमाण्डूले संस्थापक एफपीओबाट संंकलन हुने प्रिमियम र गत आर्थिक बर्षको नाफाबाट बोनस वितरण गरी आठ अर्ब चुक्ता पूँजी पुर्याउने पूँजी योजना राष्ट्र बैंकमा पेश गरेको थियो ।

तर संस्थापक एफपीओ जारी गर्ने कानुन नै नभएपछि बैंक अफ काठमाण्डूलाई आठ अर्ब पूँजी तथा ५१ प्रतिशत संस्थापक समूहको सेयर अनुपात कायम गर्न आपत परेको छ । 

बैंक अफ काठमाण्डुले संस्थापक एफपीओ बिक्रीबाट आउने प्रिमियम समेतको हिसाब गरी एक अर्ब ७६ करोडको बोनस बाँडेर चुक्ता पूँजी आठ अर्ब बनाउने योजना सार्बजनिक गरेको थियो । 

बैंकले संस्थापक सेयर अनुपात ५१ प्रतिशत पुर्याउन ६१ लाख ५८ हजार ६७ कित्ता थप संस्थापक सेयर फेस भ्यालु एक सय रुपैयाँमा २१० रुपैयाँ प्रिमियम थपेर ३१० रुपैयाँमा जारी गर्ने प्रस्ताव गरेको थियो ।

संस्थापक समूहको एफपीओ निष्काशन गर्ने कानुनी व्यवस्था नभएकाले अन्य विकल्पमा गएर पूँजी पुर्याउन बैंकलाई आग्रह गरिएको धितोपत्र बोर्डले जनाएको छ । ती विकल्प के के हुनु भन्ने बारेमा धितोपत्र बोर्डका निर्देशक निरज गिरीले बताउन चाहेनन् ।

बोर्डका प्रवक्ता गिरीले बोर्डसँग संस्थापक समूहको एफपीओ जारी गर्न कानुनी व्यवस्था नभएको र आठ अर्ब चुक्ता पूँजी पुर्याउनुपर्ने बाध्यताका बिच अन्य विकल्पमा बैंक सञ्चालक समिति र बोर्ड छलफल कै क्रममा रहेकोले छिट्टै निकासमा पुगिने विश्वास व्यक्त गरे ।

अन्य बैंकहरुमा संस्थापक सेयरको अनुपात ५१ प्रतिशतभन्दा माथि भएर साधारण सेयरमा रुपान्तरण गरिरहेको अवस्थामा बैंक अफ काठमाण्डू मात्र एउटा त्यस्तो बाणिज्य बैंक हो जसको संस्थापक समूहको सेयर अनुपात ४५.४६ प्रतिशत रहेको छ ।

के भन्छ राष्ट्र बैंक ?

राष्ट्र बैंकका प्रबक्ता नारायण पौड्याल बैंक अफ काठमाण्डूले २०७४ असोज मसान्तभित्र राष्ट्र बैंकले जारी गरेको बैंक तथा वित्तीय संस्था सम्बन्धी कानुनमा संसोधन र एकीकरण गर्न बनेको ऐन (बाफिया) को ९ (४) मा संस्थापक समूहको सेयर स्वामित्व ५१ प्रतिशत कायम गर्नुपर्ने बताउँछन् ।

धितोपत्र बोर्डबाट एफपीओ जारी गर्ने व्यवस्था नभएको बारे राष्ट्र बैंकमा आधिकारिक जानकारी आई नपुगेको प्रबक्ता पौड्याल बताए । उनले चुक्ता पूँजी पुर्याउने काम बैंकको भएकाले बैकले ल्याउने अन्य विकल्पमा छलफल गरेर अगाडि बढ्न सकिने उनको भनाई छ ।

बाफियाको ९ (४) मा संस्थापक समूहको सेयर स्वामित्व बैंक तथा वित्तीय संस्थाले चाहेमा राष्ट्र बैंकले तोकेको प्रकृया गरी संस्थापक समूहको सेयर स्वामित्व ५१ प्रतिशतभन्दा कम नहुने गरी बाँकी अंश साधारण सेयरमा परिणत गर्न सक्ने व्यवस्था रहेको छ ।

बैंक अफ काठमाण्डूलाई परेको यस्तो अप्ठेरोको निकास कसरी निस्कन्छ भन्ने कुरा सबै लगानीकर्ताको चासोको विषय बनेको छ ।

............................................................................................................................................................................

घरमा बसेर अनलाइनबाट डिम्याट खाता खोली एक लाख रुपैंयाको बीमा सित्तैमा गराउनुहोस् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।