बीमा कम्पनीतर्फ किन तानिदै छन सेयर लगानीकर्ता ?

Jul 25, 2017 merolagani

सेयर बजारमा बीमा कम्पनीहरुको सेयर कारोबारले अन्य कम्पनीहरुलाई उछिन्ने क्रम जारी रहेको छ । मंगलबार सेयरबजार परिसूचक नेप्से सात अंक बढीले उकालो लाग्दा धेरै कारोबार हुनेमा बीमा कम्पनीहरु नै अगाडि रहे ।

बीमा समितिले पूँजी वृद्धि योजना ल्याएपछि धमाधम बीमा कम्पनीहरुले बीमा समितिमा पूँजी योजना बुझाउने क्रम बढेपछि लगानीकर्ताहरु यसतर्फ आर्कषित भएका छन ।

साथै बीमा कम्पनीले बीमा कम्पनीहरुको दायरा बढाउने गृहकार्य थालेकाले आगामी दिन बीमा कम्पनीको बजार विस्तार हुने आशमा पनि लगानीकर्ता बीमा कम्पनीतर्फ तानिएका हुन ।


अर्कातर्फ बजारमा बैकिङ समूहको तुलनामा बीमा कम्पनीहरुको सेयरसंख्या कम भएकाले पनि यसको माग बढ्दा मूल्य उचालिन पुगेको हो । जसले गर्दा पछिल्ला केही दिन यता सेयरबजारमा बीमा समूहको कारोबार उच्च हुँदै आएको छ । मंगलबारको बजारमा पनि बीमा समूह कै धेरै कारोबार भयो । कुल १५६ कम्पनीको करिब ९५ करोड बराबरको सेयर किनबेच हुँदा बीमा समूहको ३८ करोड ९५ लाख बराबरको कारोबार भयो । बीमा समूहको सूचक समेत १५७ अंकले बढेको छ ।

यसदिन राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर सबैभन्दा धेरै १० करोड रुपैयाँ बराबरको कारोबार भयो । मंगलबारको बजारमा उच्च कारोबार हुने दश कम्पनीको सूचिमा समेत बीमा कम्पनीनै रहेका छन ।

यसदिन राष्ट्रिय बीमा कम्पनीका शेयर धनीले सबैभन्दा बढी १० प्रतिशतका दरले कमाएका छन्। राष्ट्रिय बीमा कम्पनीको संस्थापक तथा साधारण दुवैतर्फको सेयरमूल्य दश प्रतिशतका दरले बढेको छ । त्यस्तै हिमालयन डिष्टलरी,नाङ्दी पावर र लुम्बिनी विकास बैंकको सेयरमूल्य पनि नौ प्रतिशत बढीले उकालो लाग्यो । सबैभन्दा धेरै गुमाउने सिनर्जीपावरको सेयरमूल्य चार प्रतिशतले घटेको छ ।

............................................................................................................................................................................

घरमा बसेर अनलाइनबाट डिम्याट खाता खोली एक लाख रुपैंयाको बीमा सित्तैमा गराउनुहोस् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।