एनबि इन्स्योरेन्सको पूँजीवृद्धि योजना सार्वजनिक

Jul 25, 2017 merolagani

एनबि इन्स्योरेन्स (NBIL) ले पूँजविृद्धि योजना सार्वजनिक गरेको छ । इन्स्योरेन्सले हकप्रद र बोनसबाट बीमा समितिले तोकेको चुक्ता पूँजी पुर्याउने योजना नेप्सेको वेभसाइट मार्फत सार्वजनिक गरको हो ।



२७ करोड चुक्ता पूँजी रहेको कम्पनीले शतप्रतिशत हकप्रद बिक्री गरेपछि फेरि ८० प्रतिशत हकप्रद बिक्री गर्ने योजना सार्वजनिक गरेको छ । साथै कम्पनीले चालु आर्थिक बर्षको कमाईबाट पाँच प्रतिशत बोनस सेयर दिने योजना समेत बनाएको छ ।

कम्पनीले गत असार ५ गतेदेखि एक सय रुपैयाँ अंकित दरको २७ लाख कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । शतप्रतिशत हकप्रदपछि कम्पनीको पूँजी ५४ करोड पुगेको छ । जसमा ८० प्रतिशत हकप्रद बिक्री गरेपछि कम्पनीको पूँजी ९७ करोड २० लाख पुग्नेछ । चालु आर्थिक बर्षको कमाइबाट पाँच प्रतिशत बोनस दिएर कम्पनीले बीमा समितिले तोकेको पूँजी पुर्याउने भएको छ ।

बीमा समितिले तोकेअनुसार नीर्जिवन बीमा कम्पनीले एक अर्ब चुक्त्ता पूँजी पुर्याउनु पर्नेछ ।

............................................................................................................................................................................

घरमा बसेर अनलाइनबाट डिम्याट खाता खोली एक लाख रुपैंयाको बीमा सित्तैमा गराउनुहोस् ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।