सेन्ट्रल फाइनान्सले ५० प्रतिशत हकप्रद बिक्री गर्ने

Jul 25, 2017 merolagani

सेन्ट्रल फाइनान्स (CFCL) ले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने भएकोे छ। कम्पनीको मंगलबार सम्पन्न बार्षिक साधारणसभाले हकप्रद सेयरको प्रस्ताव पारित गरेको हो।



भक्तपुर फाइनान्सलाई गाभेको फाइनान्सको हाल ५२ करोड रुपैयाँ चुक्ता पूँजी छ। हकप्रदपछि चुक्ता पूँजी २६ करोड रुपैयाँले थपिएर ७८ करोड पुग्ने छ।

राष्ट्र बैंकको निर्देशन अनुसार कम्पनीले ८० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउनु पर्छ।

सेन्ट्रलले अपुग पूँजी गत आर्थिक बर्षको नाफाबाट बोनस सेयर वितरण गरेर पुर्याउने प्रमुख कार्यकारी रजोज मान श्रेष्ठले जानकारी दिए ।

 कम्पनीले गत आर्थिक बर्ष १४ करोड २९ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ ।

............................................................................................................................................................................

घरमा बसेर अनलाइनबाट डिम्याट खाता खोली एक लाख रुपैंयाको बीमा सित्तैमा गराउनुहोस् ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।