बैंकले गत आर्थिक वर्षको तेस्रो त्रैमासमा वाणिज्य बैंकहरु कुमारी, सिभिल, सेञ्चुरी, जनता लगायत बैंकको भन्दा बढी नाफा कमाएको हो । यी वाणिज्य बैंकहरुले गत चैतमा क्रमशः २९ करोड, आठ करोड, १४ करोड र २२ करोड खुद नाफा कमाएका थिए । उक्त तथ्याङ्कका आधारमा हेर्दा शाइनले चौथो त्रैमासमा उल्लेखित बैंकहरुको भन्दा बढी नाफा कमाएको हो ।
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा २६ करोड ९६ लाख ४४ हजार रुपैंया खुद नाफा कमाएको थियो । समिक्षा अवधिमा बैंकले खुद नाफा २९.६६ प्रतिशतले बढाएको हो ।
हाल बैंकको चुक्ता पूँजी एक अर्ब १० करोड २८ लाख ९२ हजार रुपैंया छ । बैंकको प्रतिसेयर आम्दानी ३१ रुपैंया ७० पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १४९ रुपैंया २५ पैसा रहेको छ ।
१० जिल्ला कार्यक्षेत्र भएको बैंकले एक अर्ब २० करोड रुपैंया चुक्ता पूँजी पुर्याउनु पर्ने हुन्छ । अहिले बैंकको जगेडा कोषमा ५४ करोड ३१ लाख रुपैंया सञ्चित छ ।
............................................................................................................................................................................
घरमा बसेर अनलाइनबाट डिम्याट खाता खोली एक लाख रुपैंयाको बीमा सित्तैमा गराउनुहोस् ।