एनएमबी बैंकले पूर्णरूपमा स्वचालित बैंकिङ सेवा सुरु गर्ने

Jul 26, 2017 merolagani

एनएमबी बैंक (NMB) ले पूर्णरूपमा स्वचालित बैंकिङ सेवा सुरु गर्न सिङ्गापुर स्थित सेवा प्रदायक कम्पनी–बैंक जिनी सँग सम्झौता गरेको छ । यस सम्झौता अनुरूप एनएमबीले जिनी सँगको सहकार्यमा ट्याब्लेट उपकरणमा आधारित स्मार्ट टेलर सेवा सञ्चालन गर्दै स्वचालित बैंकिङ सेवा प्रदान गर्नेछ।



सम्झौतामा दुबै तर्फबाट प्रमुख कार्यकारी अधिकृत द्वय सुनिल के.सी (एनएमबि बैंक) तथा रामकुमार शर्मा (बैंक जिनी) ले दस्तखत गरेका छन् ।

बैंकको तर्फ बाट बिज्ञप्ती जारी गर्दै प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी ले यस सेवाले बैंक लाई डिजिटल बैंकिङ सेवामा अग्रणी स्थानमा उभ्याउनुको साथै ग्राहकहरुलाई बैंकिङ गर्न अझ सहज गराउन बैंक विश्वस्त रहेको बताए ।

............................................................................................................................................................................

घरमा बसेर अनलाइनबाट डिम्याट खाता खोली एक लाख रुपैंयाको बीमा सित्तैमा गराउनुहोस् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।