काबेली विकास बैंकले तोक्यो ५० प्रतिशत हकप्रद निष्काशन गर्न बुकक्लोज मिति

Jul 26, 2017 merolagani

काबेली विकास बैंक (KEBL) ले ५० प्रतिशत हकप्रद जारी गर्न साउन १९ गते सेयरधनी किताब बन्द गर्ने मिति तोकेको छ । बैंकको आठौं वार्षिक साधारण सभाबाट पारित भएको २ बराबर १ को अनुपातमा हकप्रद निष्कासन गर्नको लागि बैङ्कले बुक क्लोज गर्न लागेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजीको दुई बराबरको एक कित्ता अनुपातमा तीन लाख ५० हजार ८८० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । हकप्रद विक्रीका लागि बैंकले ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । बैंकको हकप्रदमा साउन १८ गतेसम्म कायम सेयरधनीले मात्र हकप्रद भर्न पाउनेछन् ।

७ करोड ४ लाख २३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको काबेलीको आठौं बार्षिक साधारणसभाले पारित गरेको एक करोड ४० लाख ३५ हजार बराबरको बोनस वितरणपछि आठ करोड ४४ लाख ५८ हजार चुक्ता पूँजी पुगेको छ ।

५० प्रतिशत हकप्रद विक्री पश्चात बैंकको पूँजी ११ करोड ९५ लाख ४६ हजार नाघ्नेछ । त्यसपछि बैंकले नवौ साधारणसभाले प्रस्ताव गरेको ५० प्रतिशत हकप्रद फेरी बिक्री गर्दा पूँजी झण्डै १८ करोडको हाराहारीमा पुग्नेछ ।

............................................................................................................................................................................

घरमा बसेर अनलाइनबाट डिम्याट खाता खोली एक लाख रुपैंयाको बीमा सित्तैमा गराउनुहोस् ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।