एनएमबी बैंकमा बिदेशी साझेदार एफएमओले हिस्सेदारी बढाएपछि यस्तो परिवर्तन

Jul 27, 2017 Merolagani

नेदरल्याण्डको साझेदार एफएमओले हिस्सेदारी बढाएपछि एनएमबी बैंक(NMB)मा उल्लेखनीय परिवर्तन भएको देखिएको छ । बैंकको संस्थागत अबस्था सुदृढ हुनुका साथै खुद नाफा बृद्धिमा समेत प्रभाव परको उसले प्रकाशित गरेको चौथो त्रैमासिक बित्तीय बिबरणले देखाएको छ ।

समग्रमा एनएमबीका सबै सूचकहरु सकारात्मक देखिन्छन् ।

एनएमबीको खुद नाफा मेरोलगानीले पूर्व आँकलन गरेभन्दा झण्डै ९ करोडले कम हो । 

बाणिज्य बैंकहरुले २०७४ मा कति खुद नाफा कमाए ? (आँकलनसहित)

एनएमबीको जगेडा कोषमा यस बर्षको एक अर्ब ५१ करोडसहित, एफएमओबाट सेयर प्रिमियम वापत प्राप्त र क्लिन ईनर्जी, भुकुटी, पाथिभरा मर्ज गर्दाको स्वाप समेत गरी तीन अर्ब भन्दा भन्दा बढी पूँजीगत जगेडा कोष रहेको अबस्था छ ।

एनएमबीले २० प्रतिशत हिस्सेदारी कायम गर्न ९४ लाख कित्ता संस्थापक सेयर प्रतिकित्ता २५० रुपैयाँमा किनेको थियो । 

बैंकले एक करोड १४ लाख कित्ता थप नयाँ साधारण सेयर (एफपीओ) प्रिमियम मूल्यमा निश्काशन गर्न धितोपत्र बोर्डमा आबेदन गरेको छ । त्यो निश्काशनको स्वीकृति पाएको अबस्थामा प्रिमियम वापतको रकमले पूँजीगत जगेडा कोष थप बलियो हुन्छ भने स्वीकृति नपाएको अबस्थामा एक अर्ब ५४ करोड बराबरको बोनस सेयर दिएर चुक्ता पूँजी आठ अर्ब पुर्याउनुपर्छ ।

............................................................................................................................................................................

घरमा बसेर अनलाइनबाट डिम्याट खाता खोली एक लाख रुपैंयाको बीमा सित्तैमा गराउनुहोस् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।