राष्ट्रिय बीमा र नागरिक लगानी कोषलाई भदौसम्म लेखापरीक्षण सक्नु अनिवार्य

Jul 30, 2017 merolagani

सेयरबजारमा सूचिकृत रहेर पनि बर्षोदेखिको लेखापरीक्षण र साधारणसभा बक्यौता राख्ने राष्ट्रिय बीमा कम्पनी र नागरिक लगानीकोष लगायतका कम्पनीहरुलाई यहि भदौसम्म लेखापरीक्षण गराउन महालेखा परीक्षकको कार्यालयले समयवधि तोकेको छ । तोकिएको समयसम्म पनि लेखापरीक्षण नगरे फाईल अख्तियारमा लगिने महालेखाले चेतावनी दिएको छ ।



महालेखा परीक्षक टंकमणि शर्माले आफुले सार्वजनिक संस्थानका प्रमुखलाई बोलाएर भदौसम्म लेखापरीक्षण गरी सक्न निर्देशन दिएको जानकारी दिए । उनले निर्धारित समयमा लेखापरीक्षण सम्पन्न नगर्ने संस्थानहरुको प्रतिवेदन ट्रकमा राखेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जिम्मा लगाइने चेतावनी दिए । 'हामीलाई कारबाही गर्ने अधिकार छैन, त्यसैले समयमा काम नगर्नेलाई अख्तियार पठाउछौ । 'शर्माले भने ।

नेप्सेमा सूचिकृत रहेका राष्ट्रिय बीमा संस्थान, राष्ट्रिय बीमा कम्पनी, नागरिक लगानी कोष लगायतका कम्पनीको केहीबर्षदेखिको लेखापरीक्षण भएको छैन ।

यस्तै नेपाल खाद्य संस्थान, गुठी संस्थान, पशुपति क्षेत्र विकास कोष, त्रिभुवन विश्वविद्यालय, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठान र पर्यटन बोर्डले लामो समयदेखि लेखापरीक्षण गराएका छैनन् ।

शर्माले आर्थिक वर्ष सकिएको ३५ दिनभित्र लेखा परीक्षण नगर्ने र स्पष्टिकरण दिन अटेर गर्ने कार्यालय र त्यसका प्रमुखलाई समेत कारबाही गरिने बताए । आन्तरिक अडिट नगरी कुनै पनि कार्यालय प्रमुखलाई सरुवा र बढुवा गर्न नपाइने र यसका लागि महालेखाको स्वीकृति लिने व्यवस्था गर्न लागेको शर्माले जानकारी दिए ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।