नेपाल टेलिकमको नाफा झण्डै साढे १५ अर्ब

Jul 31, 2017 merolagani

नेपाल टेलिकम (NTC) ले गत आर्थिक बर्षमा १५ अर्ब ४२ करोड रुपैयाँ नाफा कमाएको छ । नेपालको सेयर बजारमा सूचिकृत कम्पनी मध्ये यति धेरै नाफा कमाउने कम्पनी नेपाल टेलिकम मात्र हो । कम्पनीको नाफा चुक्ता पूँजी भन्दा ४२ करोड रुपैयाँ बढी हो ।



सरकारी स्वामित्वको नेपाल टेलिकमको चुक्ता पूँजी १५ अर्ब रहेको छ । जसको सेयर मूल्य ६७० रुपैयाँ हाराहारी रहेको छ ।

टेलिकमले अघिल्लो आर्थिक बर्षमा ११ अर्ब २० करोड रुपैयाँ नाफा गरेको थियो । चालु आर्थिक वर्षमा टेलिकमले १६ अर्ब २९ करोड रुपैयाँ नाफा र्पुयाउने लक्ष्य लिएको छ । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समिति बैठकमा टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले नाफा र कारोबार दुबै बढ्दै गएको जानकारी दिइन् ।

गत आवमा टेलिकमले कुल ४४ अर्ब ६८ करोड रुपैयाँ कारोबार गरेको र चालु आर्थिक बर्षमा कम्पनीले साढे ४९ अर्ब रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य राखेको राजभडारीले बताईन ।

टेलिकमले फोरजी सेवा विस्तारका लागि काम गरिरहेको तथा अन्य थप सेवा विस्तार गर्ने काम भइरहेकाले कारोबारको आकार बढ्ने जनाएको छ ।

रणनीतिक साझेदार भित्र्याउने प्रक्रियामा रहेको टेलिकमले त्यसो भएमा झनै धेरै गुणात्मक फड्को मार्नसक्छ ।
टेलिकममा ९२ प्रतिशत सरकार र बाँकी ८ प्रतिशत सर्वसाधारणको लगानी छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।