ज्योती विकास बैंक र विजय लघुवित्तले तोके विशेष साधारण गर्न बुकक्लोज मिति

Jul 31, 2017 merolagani

ज्योती विकास बैंक ( JBBL) ले  बिशेष साधारण सभाको लागि साउन २२ गते बुक क्लोज गर्ने मिति निर्धारण गरेको छ । यसअनुसार बुक क्लोज भएको अघिल्लो दिन अर्थात साउन २१ गतेसम्म कारोबार गरी सेयर खरीद गरेका शेयरधनीहरुले विशेष साधारण सभामा भाग लिन पाउनेछन् ।

ज्योति विकास बैंकले राप्तीभेरी विकास बैंकलाई एक्वायर गर्न स्वीकृतिका लागि विशेष साधारण सभा बोलाएको हो ।

साउन २९ गते बिहान ११ बजे अमृतभोग, कालिकास्थानमा बोलाईएको विशेष साधारणसभामा संयुक्त एक्विजिसन समितिले निर्धारण गरे बमाेजिम ज्योति र राप्तीभेरी विकास बैंकबिच भएको एक बराबर एक सेयर स्वाप रेसियो अनुमोदन गर्ने, एक्विजिसन सम्बन्धी भएका सम्पूर्ण सहमति र सम्झौतापत्रहरु अनुमोदन गर्ने विशेष प्रस्ताव पेश हुनेछ ।

हाल दुई अर्ब २० करोड ८६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको ज्योतिले १४ करोड ३७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको राप्तीभेरीलाई प्राप्ती गर्न लागेको हो । 

त्यस्तै विजय लघुवित्त वित्तीय संस्था (VLBS) ले पनि विशेष साधारण सभाका लागि साउन २४ गतेदेखि सेयरधनी किताब बन्द गर्ने भएको छ ।  यसअनुसार बुक क्लोज भएको अघिल्लो दिन अर्थात साउन २३ गतेसम्म कारोबार गरी सेयर खरीद गरेका शेयरधनीहरुले विशेष साधारण सभामा भाग लिन पाउनेछन् ।

भदौ ४ गते बिहान ११ बजे होटल रेड कार्पेट, चितवनमा बोलाएको साधारणसभाको विशेष प्रस्तावमा वित्तीय संस्थाको नियमावलीको दफा संशोधन गर्ने  विशेष प्रस्ताव रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।