माछापुच्छ्रे बैंकले एकै पटक ११ स्थानवाट सुरु गर्यो बैंकिङ्ग सेवा

Jul 31, 2017 Merolagani

माछापुच्छ्रे बैंकले सोमबार एकै दिन थप ११ स्थानबाट बैंकिङ सेवा सुरु गरेको छ । बैंकले थप ६ शाखा कार्यालय, ३ एक्स्टेन्सन काउन्टर तथा २ शाखा रहित बैकिङ्ग सेवाको सुरुवात गरेको हो ।

बैंकले दमक, लहान, बर्दिवास, सुर्खेत, महेन्द्रनगर र कोहलपुरमा गरी ६ वटा नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको हो । सिरहाको कल्याणपुर गाउँपालिका, तनहुको भिमाद नगरपालिका तथा कंचनपुरको पुर्नवास नगरपालिकामा एक्स्टेन्सन काउन्टरहरु संचालनमा ल्याएको बैंकले जनाएको छ । त्यसैगरी बैंकले रुपन्देही स्थित गैंडहवा तथा सम्मरीमाई गाउँपालिकाहरुमा शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

बैंकले शाखा सुभारम्भ भएको उपलक्ष्यमा निश्चित समयको लागि निःशुल्क डेविट कार्ड उपलब्ध गराउने, कर्जा शुल्कमा ०.२५% छुट दिने र लकर शुल्कमा ५०% छुट प्रदान गनजनाएको छ । बिस्तारि सबै शाखा तथा एक्सटेन्सन काउण्टरमा २४ घण्टा नै रकम झिक्न सकिने गरी एटीएम बुथ पनि सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।
योसँगै बैंकको शाखा सञ्जाल ६२ पुगेको छ भने ४ वटा एक्स्टेन्सन काउन्टरहरु, २ वटा शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ६८ स्थानवाट बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।