आईसीएफसी फाईनान्सले चुक्ता पूँजी पु-याएर गरेको प्रगति हेरों

Aug 01, 2017 Merolagani

आईसीएफसी फाइनान्स(ICFC)ले अघिल्लो आर्थिक वर्षको तुलनामा कमाई तथा अन्य सूचकमा आकर्षक प्रगति गरेको वित्तीय विबरण सार्वजनिक गरेको छ । फाइनान्सले समिक्षा अवधिमा खुद नाफा मात्र ३३ प्रतिशतले बढाएर प्रतिसेयर आम्दानीमा पनि राम्रो सुधार गरेको छ ।

फाइनान्सले गत आर्थिक वर्षमा १९ करोड ५२ लाख ८० हजार रुपैंया खुद नाफा कमाएको छ । जबकी उसले अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा १४ करोड ६८ लाख ३२ हजार रुपैंया मात्र खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा फाइनान्सले चुक्ता पूँजी ६८ करोड ५२ लाख रुपैंयाबाट ८० करोड पुर्याएको छ । फाइनान्सको पूँजी वृद्धि भन्दा खुद नाफाको वृद्धि प्रतिशत धेरै भएका कारण प्रतिसेयर आम्दानी पनि भारी मात्रामा बढेको देखिएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा २१ रुपैंया ४२ पैसा रहेको प्रतिसेयर आम्दानीलाई फाइनान्सले यस पटक २४ रुपैंया ३६ पैसा पुर्याएको छ ।

राष्ट्र बैंकले तोकेको पूँजी अघिल्लो आर्थिक वर्षमा नै पुरा गरेको फाइनान्सले जगेडा कोषको आकार  बढाउँदै लगेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा २७ करोड ७७ लाख रुपैंया सञ्चित भएको जगेडा कोषमा अहिले ३५ करोड ५८ लाख ३३ हजार रुपैंया सञ्चित छ ।

अघिल्लो आर्थिक वर्षमा १ सय ४२ रुपैंया रहेको फाइनान्सको प्रतिसेयर नेटवर्थ अहिले १ सय ४४ रुपैंया ३८ पैसा पुगेको छ । उसको निष्कृय कर्जा अनुपात १ .४९ प्रतिशतबाट घटेर 0.७५ प्रतिशतमा झरेको छ ।

निक्षेप संकलन र कर्जा प्रवाहको आकार तिब्र रुपमा बढाएको फाइनान्सले खुद व्याज आम्दानी सात करोडले बढाएर ३२ करोड माथि पुर्याएको छ । छ करोड ३५ लाख रुपैंया राइट व्याक गरेको फाइनान्सको मूल्य आम्दानी अनुपात भने ११ दशमलव ८२ गुणा मात्र  छ ।

सेयर बजारमा लगानीका लागि सुरक्षित मानिने कम्पनीहरु मध्येमा आईसीएफसी पनि एक हो । 

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।