अघिल्लो आर्थिक वर्षको यसै अवधिमा फाइनान्सले चार करोड ३८ लाख ७३ हजार रुपैंया खुद नाफा कमाएको थियो । फाइनान्सको खुद नाफा १६९.७२ प्रतिशतले बढेको हो ।
निक्षेप संकलनको अवस्था सामान्य रहेको फाइनान्सले कर्जा प्रवाहको आकार बढाएको छ । जसका कारण उसको खुद व्याज आम्दानी उल्लेख्य मात्रामा बढेको छ । चार करोड ६७ लाख रुपैंया सम्भावित जोखिमका लागि प्रोभिजन गरेको फाइनान्सले राइट व्याक गरेर कमाईको आकार झनै बढाएको हो ।
समिक्षा अवधिमा राइट व्याकको रकम बढाएका कारण फाइनान्सको निष्कृय कर्जा अनुपात घटेको छ । अघिल्लो आर्थिक वर्षमा ७.३४ प्रतिशत रहेको निष्कृय कर्जा अहिले ६.८३ प्रतिशतमा झरेको छ । यद्यपी यो अनुपात फाइनान्सका लागि राम्रो पक्ष हैन ।
समिक्षा अवधिमा पूँजी वृद्धि नगरेको फाइनान्सको चुक्ता पूँजी ३४ करोड १८ लाख ५९ हजार रुपैंया रहेको छ ।अघिल्लो आर्थिक वर्षमा फाइनान्सले १० प्रतिशत बोनस बितरण गरेको थियो । सहयोगी विकास बैंकसँगको मर्जर तोडिए पछि फाइनान्सले अन्य विकल्प अघि सारेको छैन ।
अहिले फाइनान्सको जगेडा कोषमा २९ करोड ४९ लाख रुपैंया सञ्चित छ । जानकी फाइनान्स तीन जिल्ले कम्पनी हो । जसले राष्ट्र बैंकको निर्देशन अनुसार ४० करोड चुक्तापूँजी पुर्याए पुग्छ ।
फाइनान्सको प्रतिसेयर आम्दानी ३४ रुपैंया ६१ पैसा छ भने मूल्य आम्दानी अनुपात ७.७७ गुणा बढी तथा प्रतिसेयर नेटवर्थ १८६ रुपैंया २६ पैसा रहेको छ ।