पुरानो रेकर्ड हेर्दा यी हुन असोजभित्रै नियमित साधारणसभा गर्ने सम्भावित कम्पनी

Aug 01, 2017 merolagnai

पछिल्लो तीन आर्थिक बर्षको तथ्याकं हेर्दा आधादर्जन बढी कम्पनीहरुले असोज महिनाभित्र साधारणसभा सम्पन्न गरेको देखिको छ । आर्थिक बर्ष ०७०/०७१ देखि ७२/०७३ सम्म कम्पनीहरुले गरेको साधारणसभाको रेकर्ड केलाउदा यस्तो देखिएको हो ।

सूचिकृत कम्पनीहरुले गत आर्थिकबर्ष अर्थात ०७३ /०७४ को वित्तीय विवरण धमाधम प्रकाशीत गर्ने क्रम बढेको छ । यसै सिलसिलामा असोजभित्र साधारणसभा गर्ने सम्भावित कम्पनीहरुले गत आर्थिक बर्षको वित्तीय विवरण समेत प्रकाशित गरिसकेका छन ।

पछिल्ला तीन बर्षमा सानिमा बैंक र सिटिजन बैंकले असोजभित्रै नियमित साधारणसभा सम्पन्न गरेका छन । यी दुवै कम्पनीले गत आर्थिक बर्षको वित्तीय विवरण समेत प्रकाशित गरिसकेका छन । त्यस्तै  ७०/०७१ मा असोजमै साधारणसभा गरेको ग्लोबल आइएमई बैंकले पनि गत बर्षको वित्तीय विवरण प्रकाशित गरेको छ । एभरेष्टको भने वित्तीय विवरण सार्वजनिक भएको छैन ।

यसैगरी अघिल्लो बर्ष असोजमै एनआईसी एशिया, नबिल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले साधारणसभा सम्पन्न गरेका थिए । यी कम्पनीहरुले पनि असोजभित्रै आगामी साधारण गर्ने सम्भावना देखिन्छ । एनआईसी एशियाले गतबर्षको वित्तीय विवरण सार्वजनिक गरिसकेको छ भने इन्भेष्टमेन्ट र नबिलले वित्तीय विवरण सार्वजनिक गर्न बाँकी छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।