सनराईज बैंकलाई नारायणी नेशनल फाईनान्सको कमशल कर्जाको डर

Aug 02, 2017 Merolagani

नारायणी नेशनल फाईनान्सलाई आफुमा मिलाएको सनराईज बैंक(SRBL)लाई त्यसकै कमशल कर्जाले केही गााह्रो पार्ने हो कि भन्ने आशंका बढेको देखिएको छ । नारायणी नेशनल तर्फका धेरै कमशल ऋणीहरुलाई कर्जा भुक्तान गर्ने सूचना र बैंकको गत बर्षको बित्तीय बिबरण एकसाथ प्रकाशित गर्दा यस्तो देखिएको हो ।

सनराईजले गत आर्थिक बर्षमा एक अर्ब १६ करोड खुद नाफा कमाउँदा निस्क्रिय कर्जा अनुपात अघिल्लो आर्थिक बर्षको भन्दा बढेर १.३७ प्रतिशत पुगेको छ ।

सनराईजको खुद नाफा मेरोलगानीले पूर्व आँकलन गरे भन्दा चार करोडाले कम हो ।

बाणिज्य बैंकहरुले २०७४ मा कति खुद नाफा कमाए ? (आँकलनसहित)

ब्याज आम्दानी धेरै गरे पनि कोषको लागत बढ्न जाँदा ब्याज खर्च दोब्बरले बढेर गएको छ । पूँजी धेरै बढाएका कारण प्रति सेयर आम्दानीमा भने सन्तुलन कायम हुन सकेको छैन । जगेडा कोषमा उल्लेखनीय  बढोत्तरी भएको छ । समग्रमा भन्दा सनराईज बैंकको प्रगति उत्साहजनक छ ।

सनराईजले एनसीएम मर्चेन्टलाई हालै आफुमा विलय गराएर ३० प्रतिशत हकप्रद बेचेको थियो ।

नारायणी नेशनल तर्फको कर्जा असुलीमा कडाई गरेमा बैंकले आउने दिनमा अरु राम्रो प्रगति गर्नसक्ने आधार छ ।

चुक्ता पूँजी आठ अर्ब पुर्याउन उसले एक अर्ब रुपैयाँको बोनस सेयर बाँड्नुपर्ने आबश्यकता छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।