भूकम्पले थलिएको सिनर्जी पावर अझै १५ करोड नोक्सानमा

Aug 03, 2017 Merolagani

सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले अझै १४ करोड ९६ लाख ३७ हजार रुपैंया खुद नोक्सानी रहेकाे प्रतिवेदन सार्वजनिक गरेकाे छ । कम्पनीले गत बर्षमा एक करोड ७५ लाख ३१ हजार रुपैयाँ खुद नाफा गरेपनि अघिल्लो आर्थिक वर्षको १६ करोड ७१ लाख ६८ हजार रुपैयाँ नोक्सानलाई समायोजन गर्दा कम्पनी १४ करोड ९६ लाख ३७ हजार रुपैयाँ नोक्सानी व्यहोर्न पुगेकाे हाे।

सिनर्जीले यसअवधिमा  विद्युत बिक्रीबाट २१ करोड २७ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षमा भूकम्पका कारण कम्पनीले विद्युत बिक्रीबाट जम्मा  तीन करोड तीन लाख रूपैयाँ कमाएकाे  थियाे ।

गत आर्थिक वर्षमा कम्पनीकाे कुल आम्दानी २१ करोड ४५ लाख रुपैयाँमा झरेको छ । अार्थिक बर्ष २०७१/७२ मा कम्पनीकाे कुल आम्दानी २२ कराेड ८४ लाख रूपैयाँ रहेकाे थियाे । प्रशासनिक तथा पावर प्लान्ट खर्च बढेको कम्पनीको व्याज खर्च तथा डिप्रिसिएसन चार्ज भने केही घटेको छ । 

अघिल्लाे आर्थिक वर्षमा भूकम्पका कारण अायाेजना मर्मत सम्भारमा गर्न  १० करोड ६० लाख खर्चिएको कम्पनीले गत आर्थिक वर्षमा एक करोड ३३ लाख रुपैंया मात्र मर्मत खर्च गरेको छ ।

जसका कारण उसको अघिल्लो आर्थिक वर्षको छ करोड ४५ लाख ९२ हजार रुपैंया नोक्सानी व्यहोरेकाे सञ्चालन नोक्सानी गत आर्थिक वर्षमा एक करोड ७८ लाख ८८ हजार रुपैंयाको सञ्चालन आम्दानीमा रुपान्तरण भएको छ । यसले कम्पनी सञ्चालन नाफामा  पुगेकाे र पहिलाकाे नाेक्सानी सकाएर नाफामा परिणत गरेपछि कम्पनी बाेनस बाँड्नसक्ने अवस्थामा पुग्नेछ ।

गत आर्थिक वर्षमा सर्वसाधारणलाई तत्कालिन पूँजीको ४० प्रतिशत सेयर बिक्री गरेर चुक्ता पूँजी ७० करोड रुपैंया पुर्याएको कम्पनीको प्रतिसेयर आम्दानी दुई रुपैंया ५० पैसा छ ।

प्रतिसेयर नेटवर्थ ७८ रुपैंया ६२ पैसा रहेको कम्पनीले दोलखामा १० मेगावाटका सिप्रिङ खोला हाइड्रोपावर पनि निर्माण गरिरहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।