मुक्तिनाथको ४० प्रतिशत हकप्रद खुल्यो, लिने नलिने टुङ्गो विहीबारसम्म गर्नुपर्ने

Aug 02, 2017 merolagani

मुक्तिनाथ विकास बैंक(MNBBL) ले आगामी भदौ ४ गतेदेखि १० बराबर ४ कित्ता (१०ः ४)को अनुपातमा हकप्रद सेयर बिक्री गर्ने भएको छ । बैंकले ६१ लाख ७० हजार ८६५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।



लगानीकर्ताले बैंकले निष्काशन गरेको हकप्रद सेयर खरिद गर्ने वा नगर्ने टुङो साउन १९ गते (विहीबार) सम्म गरिसक्नु्पर्नेछ । बैंकले हकप्रद प्रयोजनका लागि यहि साउन २० गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्देछ । हकप्रद लिन चाहने लगानीकर्ताले भोलिसम्म शेयर खरिद गर्नुपर्नेछ  ।

बैंकको हकप्रदको सेयर आवेदन आगामी भदौ ४ देखि असोज ८ गतेसम्म खुला हुनेछ ।

बैंकको विक्री प्रवन्धक एनआईबीएल क्यापिटल मार्केट्स रहेको छ । लगानीकर्ताले एनआईबीएल क्यापिटल, मुक्तिनाथ विकास बैंक र नेपाल इन्भेष्टभेन्ट बैंकको विराटनगर, नेपालगन्ज र धनगढी शाखाबाट हकप्रद सेयरमा आवेदन गर्न सक्नेछन ।

बैंकको अहिले चुक्ता पूँजी एक अर्ब ५४ करोड ५८ लाख ३७ हजार रुपैंया रहेको छ । ४० प्रतिशत हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी दुई अर्ब १६ करोड हाराहारी पुग्ने छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ३४ प्रतिशत बोनस वितरण र ५० प्रतिशत हकप्रद बिक्री गरेर  पूँजी बढाएको थियो ।

राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन बैंकले गत आर्थिक वर्षको कमाईबाट ३५ करोड रुपैंया बराबरको बोनस बितरण गर्नु पर्ने हुन्छ । बैंकले गत आर्थिक वर्षमा ४९ करोड ६३ लाख १६ हजार रुपैंया खुद नाफा कमाएको छ । 

मुक्तिनाथले पूँजी सँगै कमाई बढाउँदा कति पुग्यो प्रतिसेयर आम्दानी ?

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।