लक्ष्मी इक्विटी फण्डको नेप्सेमा कारोबार खुल्यो

Aug 02, 2017 merolagani

लक्ष्मी इक्विटी फण्ड (LEMF) काे बुधबारदेखि नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा  कारोबार खुलेको छ । लक्ष्मी इक्वीटी फण्डको सुरु कारोबार मूल्य १० रुपैयाँ निर्धारण गरिएको छ ।

नेप्सेले लक्ष्मी इक्विटी फण्डलाई कारोबार सिम्बोल एलईएमएफ (LEMF ) प्रदान गरेकोे छ । अब इकाईधनीले आफुसँग भएका लक्ष्मी इक्विटी फण्डका इकाई किनबेच गर्न सक्नेछन् । 

लक्ष्मी इक्विटी फण्डका इकाईहरु बैशाख २२ गतेदेखि २६ गतेसम्म एक अर्ब २५ करोड रुपैयाँको १२ करोड ५० लाख इकाई सार्वजनिक निष्काशन भएको थियो । निष्काशन भएको कुल इकाई मध्ये १५ प्रतिशत लक्ष्मी क्यापिटल र लक्ष्मी बैंकको छुट्याइएको छ ।

फण्डको असार मसान्तको प्रतिइकाई खुद मूल्य ९ रुपैयाँ ८५ पैसा रहेको छ । कम्पनीको यस अवधिमा कुल लगानी ४० करोड ४० लाख रुपैयाँ पुगेको छ । जसमध्ये ३९ कम्पनीको सूचिकृत धितोपत्रमा ३८ करोड ७४ लाख रुपैयाँ लगानी रहेको छ ।

लक्ष्मी इक्विटी फण्ड लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी क्यापिटल मार्केटले निष्काशन गरेको दोस्रो सामुहिक लगानी कोष हो । जसको कोष प्रवर्द्धक लक्ष्मी बैंक र कोष व्यवस्थापक लक्ष्मी क्यापिटल रहेको छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।