नेप्सेमा बुधबार सूचिकृत भएका सेयरमध्ये सबैभन्दा बढि टुरिजम् डेभलपमेन्ट बैंकको ९१ लाख ९७ हजार ७१२ कित्ता हकप्रद सूचिकृत भएको छ । त्यस्तै सिद्धार्थ डेभलपमेन्ट बैंकको ८५ लाख १५ हजार पाँच दशमलव ६० कित्ता हकप्रद, मिसन डेभलपमेन्ट बैंकको १९ लाख ४९ हजार २५० कित्ता हकप्रद र तिनाउ विकास बैंकको ११ लाख ९४ हजार ७९६ दशमलव ०९ कित्ता सेयर पनि बुधबार नै सूचिकृत भएको नेप्सेले जनाएको छ ।
टुरिजम् बैंक मेगा बैंकसँग मर्जर प्रकृयामा रहेको छ भने सिद्धार्थ डेभलपमेन्ट बैंकलाई जनता बैंकले प्राप्ती गरी असार ३० गतेदेखि एकीकृत कारोबार सुरु गरिसकेको छ ।