बैंक अफ काठमाण्डूको एफपिओेलाई धितोपत्र बोर्डले सूचीबाटै हटायो, अब के हुन्छ ?

Aug 02, 2017 merolagani

नेपाल धितोपत्र बोर्डले बैंक अफ काठमाण्डू (BOKL) को थप नयाँ संस्थापक सेयर अर्थात एफपिओे निष्काशनको सूचीबाटै हटाएको छ । बैंकले फेस भ्यालु एक सय रुपैयाँमा २१० रुपैयाँ प्रिमियम थपेर ३१० रुपैयाँमा एफपिओ जारी गर्ने प्रस्ताव गरेको थियो । 



बैंकले एक अर्ब ९० करोड ९० लाख ७७० रुपैयाँ बराबरको ६१ लाख ५८ हजार ०६७ कित्ता थप संस्थापक शेयर बिक्री गर्न नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको थियो ।

नेपाल धितोपत्र बोर्डले सूचिकृत कम्पनीहरुले संस्थापक थप नयाँ साधारण सेयर निष्काशन गर्ने सम्बन्धि प्रावधान नरहेकाले बैंक अफ काठमाण्डूलाई एफपिओ निष्कासनमा रोक लगाएको बताएको छ । बोर्डका प्रवक्ता निरज गिरीले संस्थापक एफपिओको प्रावधान नभएकाले बिओकेएललाई एफपिओ निष्कासनमा रोक लगाईएको बताए । बैंकले अन्य विकल्पहरुबाट पूँजी बढाउन सक्ने गिरीले बताए ।

बैंकले संस्थापक तथा सर्वसाधारण शेयरधनीको पूँजी संरचना ५१ः४९ प्रतिशत कायम गर्नको लागि संस्थापक एफपिओ बिक्रीको योजना अघि सारेको थियो । बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक एक आपसमा गाभिए पश्चात बैंकको साधारण सभाले संस्थापक शेयरधनीको शेयर स्वमित्व ४५.६४ प्रतिशतबाट कम्तीमा ५१ प्रतिशत पुयाउन थप संस्थापक शेयरको निष्काशन गर्ने निणर्य गरेको थियो ।

यता बैंक स्रोतले भने संस्थापक एफपिओ निष्काशन प्रक्रिया स्थगित भएपछि नयाँ विकल्पबारे छलफल चलिरहेको बताएको छ । बैंकका एक अधिकारीले भने, नेपाल टेलिकमले सर्वसाधरणमा सेयर बिक्री गरे जस्तै गरी लिलाम गर्ने वा अरु कुनै विकल्पमा जाने भन्ने बारेमा बैंक संचालक समितिले निर्णय गर्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।