पोखरा फाइनान्सको एफपिओको बिक्री साउन २९ गतेदेखि मात्र खुल्ने

Aug 03, 2017 merolagani

पोखरा फाइनान्स(PFL) ले साउन २९ देखि मात्र  एफपीओको बिक्री खु्ला गर्ने भएको छ । यसअघि साउन २५ देखि बिक्री खुला गर्ने बताएको फाइनान्सले सूचना सच्चाएको हो ।  नयाँ सूचना अनुसार फाइनान्सको  एफपीओमा छिटोमा भदौ १ र ढिलोमा भदौ ११ गतेसम्म आवेदन गर्न पाइनेछ । 

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित सेयरमा १२० रुपैयाँ  प्रिमियम थप गरी २ सय २० का दरले ९ लाख ८३ हजार ६ सय ८२ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको  एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९०० कित्तासम्म आवेदन दिन पाइनेछ ।

अहिले दोस्रो बजारमा फाइनान्सको प्रतिकित्ता सेयरमूल्य २५२ रुपैयाँको हाराहारीमा रहेको छ ।

फाइनान्सको सेयर बिक्री प्रबन्धकमा एनआइबीएल क्यापिटल मार्केट रहेको छ । लगानीकर्ताले आश्वा अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन पाउनेछन् ।

हाल फाइनान्सको चुक्ता पूँजी ५५ करोड ७४ लाख रुपैयाँ छ । एफपीओ बिक्रीपछि फाइनान्सको चुक्ता पूँजी ६५ करोड ५७ लाख पुग्नेछ ।

 

फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा ८ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ७४ पैसा छ भने प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ ५० पैसा छ ।

कम्पनीले संस्थापक तथा साधारण सेयरको अनुपात ५१: ४९ कायम गर्न एफपीओ जारी गर्ने भएको हो ।

साथै कम्पनीले एफपीओ जारी गरेपछि कायम पूँजीको १५ प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव समेत २० औ बार्षिक साधारणसभाबाट पारित गराईसकेको छ । हकप्रद पश्चात कम्पनीको पूँजी ७५ करोड नाघ्नेछ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।