मुक्तिनाथको ४० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

Aug 03, 2017 merolagani

मुक्तिनाथ विकास बैंक (MNBBL) को ४० प्रतिशत हकप्रद सुरक्षित गर्ने विहीबार अन्तिम दिन हो । बैंकले शुक्रबार सेयरधनी किताब बन्द गर्ने भएकाले विहीबारसम्म सेयर किनेका लगानीकर्ताले मात्र हकप्रद भर्न पाउनेछन् ।

मुक्तिनाथले भदौ ४ गतेदेखि असोज ८ गतेसम्म १० बराबर ४ कित्ता अनुपातमा प्रतिकित्ता एक सय रुपैयाँ दरको ६१ लाख ७० हजार ८६५ कित्ता हकप्रद बिक्री गर्न एनआइबीएल क्यापिटललाई विक्री प्रबन्धक नियुक्त गरेको छ । एक अर्ब ५४ करोड २७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको मुक्तिनाथको ४० प्रतिशत हकप्रद विक्रीपश्चात दुई अर्ब १५ करोड ९८ लाख रुपैयाँ पुग्नेछ ।

गत आर्थिक बर्षमा ३४ प्रतिशत बोनस वितरण गरेको बैंकले राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी बोनसवाट पुर्याउनेछ । बैंकले गत आर्थिक वर्षमा ४९ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।