हकप्रदको भारी बोकाएर पूँजी पुर्याउन लागेको भार्गवको प्रगति

Aug 04, 2017 merolagani

भार्गव विकास बैंकको खुद नाफा ३६ प्रतिशतले बढेको छ । बैंकले दुई करोड ५८ लाख रुपैयाँबाट खुद नाफा बढाएर तीन करोड ५१ लाख रुपैयाँ कमाएको हो ।

एक बर्ष अवधिमा १२ करोड रुपैयाँबाट शतप्रतिशत हकप्रद तथा २० प्रतिशत बोनस वितरण गरि भार्गवले चुक्ता पूँजी २६ करोड ४० लाख रुपैयाँ पुर्याएको छ । 

राष्ट्र बैंकले तोकेको ५० करोड रुपैयाँ पुर्याउन बैंकले फेरि ८० प्रतिशत हकप्रद विक्री गर्न साउन ११ गते धितोपत्र बोर्डमा निवेदन दिएको छ । यो हकप्रदपछि बैंकको गत आर्थिक बर्षमा १३ रुपैयाँ ९२ पैसा कायम गरेको प्रतिसेयर आम्दानी अझ खुम्चने देखिन्छ ।

समिक्षा अवधिमा बैंकले एक अर्ब ९६ करोड २० लाख निक्षेप संकलन तथा एक अर्ब ४६ करोड १४ लाख रुपैयाँ कर्जा प्रबाह गरी ८ करोड ९३ लाख खुद व्याज आम्दानी गरेको छ । 

बैंकको निष्कृय कर्जा अनुपात शुन्य दशमलव ८९ प्रतिशत, कोषको लागत ८.०८ प्रतिशत, प्रतिसेयर नेटवर्थ ११९.९२ रुपैयाँ तथा कर्जा निक्षेप अनुपात ६४.१५ प्रतिशत र मूल्य आम्दानी अनुपात २२.२९ गुणा बढि रहेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।