हाम्रो बैंकको लिलामी आवेदकले आईतबारबाट रकम फिर्ता पाउने

Aug 04, 2017 merolagani

हाम्रो विकास बैंक (HAMRO) को लिलामी सेयरमा आवेदन गरेर सेयर पाउन नसकेका लगानीकर्ताले आईतबारबाट रकम फिर्ता पाउने भएका छन् ।

बैंकको सेयर विक्री प्रबन्धक एनआईबिएल क्यापिटलले सेयर पाउन नसक्ने लगानीकर्ताले आवेदन फारममा उल्लेख गरेको खातामै रकम फिर्ता गर्न लागेको हो । यसबाट लगानीकर्ताले चेक संकलन गरी फेरी बैंकमा जम्मा गर्नुपर्ने झण्झट समाप्त भएको छ । 

हाम्रो विकास बैंकले संस्थापक समूह तर्फको तीन लाख ९१ हजार ६३६ कित्ता तथा साधारण समूह तर्फको ५९ हजार ४८५ कित्ता सेयरमा साउन ५ गतेदेखि शिलबन्दी बोलपत्र आह्वान गरी गत आईतबार खुला गरेको हो । जसमा २४२ रुपैयाँभन्दा बढि मूल्यमा आवेदन गर्ने २०८ मध्ये १०७ जनाले सेयर प्राप्त गरेका थिए । हाथवे इन्भेष्टमेन्टले सबैभन्दा बढि १० हजार कित्ता साधारण सेयर २५५ रुपैयाँमा सकारेको थियो भने सबैभन्दा बढि २९५ रुपैयाँसम्मको आवेदन परेको थियो ।

संस्थापक समुहमा एक सय एक रुपैयाँ एक पैसा आवेदन गर्ने साविकका सबै १५ जना संस्थापक सेयरधनीले सेयर पाएका छन् । संस्थापक समुहको एक लाख ८५ हजार कित्ता सेयर बैंकले फेरी लिलामीमा ल्याउनेछ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।