अरुण फाइनान्सले हकप्रदका लागि साउन ९ गते सेयरधनी किताब बन्द गरेकाले साउन ८ गतेसम्म सेयर खरिद गरेका लगानीकर्ताले हकप्रद भर्न पाउनेछन् ।
कम्पनीको सेयर विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । हकप्रदमा विक्री प्रबन्धकग्लोबल आईएकई क्यापिटल जमल, अरुण फाइनान्सको केन्द्रिय कार्यालय धरान सुनसरी, शाखा कार्यालयहरू हेटौंडा मकवानपुर, खाडिचौर सिन्धुपाल्चोक तथा ग्लोबल आईएमई बैंकको वीरगञ्ज, इटहरी, जनकपुर, कैलाली, पोखरा, नेपालगञ्ज, वुटवल शाखा कार्यालयबाट असोज ९ गतेसम्म आवेदन गर्न सक्नेछन् ।
हकप्रदपछि कम्पनीको चुक्ता पूँजी ३० करोड रुपैयाँ पुग्नेछ । केही समय अगाडि मात्र समस्याग्रस्त संस्थाको सूचिबाट हटेर नियमित कारोबार थालेको फाईनान्सले राष्ट्र बैंकले दिएको निर्देशन अनुसार हकप्रदबाट चुक्ता पुँजी बढाउन लागेको हो । केन्द्रिय बैंकले तोकेको चुक्ता पूँजी पुर्याउन फाईनान्सलाई अझै ५० करोड रुपैयाँ थप गर्नुपर्ने हुन्छ ।