मुक्तिनाथ र काबेली विकास बैंकको सेयरमूल्य सामायोजन

Aug 04, 2017 merolagani

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा शुक्रबार मुक्तिनाथ विकास बैंक(MNBBL)  र काबेली विकास बैंक (KEBL@) को सेयरमूल्य समायोजन भएको छ । मुक्तिनाथ विकास बैंकको ४० प्रतिशत तथा काबेलीको ५० प्रतिशत हकप्रदपछि मूल्य समायोजन भएको हो ।

मुक्तिनाथ विकास बैंकको ४० प्रतिशत हकप्रद सेयरको समायोजनपछि नेप्सेले ७०४ रुपैयाँ निर्धारण गरेको छ । बैंकको आधार मूल्य ८४९ रुपैयाँ रहेको नेप्सेले जनाएको छ । 

मुक्तिनाथले भदौ ४ गतेदेखि असोज ८ गतेसम्म १० बराबर ४ कित्ता अनुपातमा प्रतिकित्ता एक सय रुपैयाँ दरको ६१ लाख ७० हजार ८६५ कित्ता हकप्रद बिक्री गर्न लागेको हो ।

त्यस्तै शुक्रबार नै नेप्सेले काबेली विकास बैंकको ५० प्रतिशत हकप्रद सेयरपछि मूल्य समायोजन गरेकाे छ । नेप्सेले हकप्रदलाई समायोजन गर्दा बैंकको सेयरमूल्य ४३९ निर्धारण हुन आएको जनाएको छ । १८० दिनको सेयर कारोबारको आधारमा नेप्सेले बैंकको आधार मूल्य ४८३ तोकेको छ ।

काबेलीको आठौं वार्षिक साधारण सभाले २ बराबर १ को अनुपातमा तीन लाख ५० हजार ८८० कित्ता हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । बैंकले हकप्रद निष्काशनकाे मिति भने ताेकिसकेकाे छैन ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।