कर्णाली डेभ्लपमेन्ट बैंकको खुद नाफा घट्यो, २२५ प्रतिशत हकप्रद बिक्री पछि के होला ?

Aug 06, 2017 merolagani

कर्णाली डेभलपमेन्ट बैंक (KRBL) ले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ करोड ३१ लाख खुद नाफा गरेको छ । बैंकको नाफा अघिल्लो आर्थिक बर्षको भन्दा दश लाख कम हो । बैंकले गतवर्ष यहि अबधिमा १ करोड ४१ लाख नाफा कमाएको थियो ।



अघिल्लो आर्थिक बर्षको तुलनामा बैंकको नाफामा ७ प्रतिशतले कमी आएको छ । बैंकको संचालन नाफा घटेपछि नाफा प्रभावित भएको हो । यद्यपी बैंकको खुद ब्याज आम्दानी भने बढेको छ ।

बैंकले यसअवधिमा दुई अर्ब निक्षेप संकलन गरेको छ भने एक अर्ब तीन करोड कर्जा परिचालन गरेको छ ।
बैंकको चुक्तापूँजी १५ करोड १० लाख र जगेडा कोषमा ४ करोड छ । बैंकको निष्क्रिय कर्जा २.२७ र सिडी रेशियो ४९.७५ प्रतिशत रहेको छ ।

अहिले नै आठ रुपैयाँ ७१ पैसा प्रति सेयर आम्दानी रहेको कम्पनीले २२५ प्रतिशत हकप्रद बेचेपछि के हाल होला भन्ने कुरा बिचारणीय छ । 

बैंकले २२५ प्रतिशत हकप्रद बिक्रीको प्रक्रिया समेत अगाडि बढाएको छ । राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले चुक्तापूँजी ५० करोड पुर्याउनु पर्नेछ ।

२२५ प्रतिशत हकप्रद जारी गरेपछि बैंकको प्रतिसेयर आम्दानी निकै घट्नेछ । त्यसकारण बैंकले आम्दानीको क्षेत्र पहिचान गरि उल्लेख्य बढाउनुपर्ने देखिन्छ । पूँजी बढेअनुसार आम्दानी बढाउन नसक्ने बैंक तथा वित्तिय संस्थाको सेयर हकप्रदको लोभमा उचालिएर हैन, घटेर न्युन बिन्दुमा आएको बेलामा मात्र किन्नुपर्छ । 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।