क्यापिटलले कम्पनीको सेयर पाउने सबै लगानीकर्ता र स्थानीय बासिन्दाको डिम्याट खातामा सेयर पठाईसकेको जानकारी दिएको छ । साधारण लगानीकर्ताले सेयर बिक्री गर्न पाएपनि स्थानीयले तीनबर्षसम्म उक्त कम्पनीको सेयर बिक्री गर्न नपाउने प्रावधान रहेको छ ।
जानकारीको अभावमा यदी स्थानीयले छ्याङ्दी हाइड्रोको सेयर बिक्री गरेको खण्डमा २० प्रतिशत पेनाल्टी तिर्नुपर्ने हुन्छ ।
२७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले गत जेठ १४ देखि १८ गतेसम्म पाँच लाख ४० हजार कित्ता साधारण सेयर (आईपीओ) सर्वसाधारणमा जारी गरिसकेको छ । लमजुङ जिल्लाका आयोजना प्रभावितका लागि कम्पनीले दुई लाख ७० हजार कित्ता साधारण सेयर जारी गरेको थियो ।