मल्टिपर्पाेज फाईनाइन्सको सेयर कारोबार खुल्यो

Aug 06, 2017 merolagani

मल्टिपर्पाेज फाईनाइन्स (MPFL) को सेयर कारोबार अाइतबार खुला भएको छ । कम्पनीको यसअघि न्यून मात्रामा सेयर अभौतिकिकरण भएको भन्दै कारोबार रोकिएको थियो ।

नेपाल क्लियरिङ हाउसले मल्टिपर्पाेज फाईनाइन्स कम्पनीको सेयर अहिले आवश्यक मात्रामा डिम्याट भएको जनाउँदै प्रतिवेदन पठाएपछि कम्पनीको सेयर कारोबार खुला गरिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ ।

फाइनान्स कम्पनीको सेयर कारोबार खुलेपछि मूल्य बढेर समाचार तयार पार्दासम्म ८.७० प्रतिशत बढेर १२५ रुपैयाँ पुगेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।