इच्छुकले आज दिउँसो ३ बजेभित्र सेयर विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल जमलमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र पेश गर्दा न्यूनतम एक सय कित्ता र अधिकतम १० ले भाग जाने अधिकतम कित्ताका लागि आवेदन दिन सकिनेछ । एक सय रुपैयाँ वा सो भन्दा बढि मूल्य अंकित गरी पूणांकमा बोलपत्र पेश गर्नुपर्ने क्यापिटलले जनाएको छ ।
बोलपत्र असार २५ गते दिउँसो ३ बजे ग्लोबल आईएमई क्यापिटलको कार्यालय जमलमा बोलपत्रबाला वा निजको उपस्थितिमा खुला हुने क्यापिटलले जनाएको छ । सेयर प्राप्त गर्न नसक्ने लगानीकर्तालाई बाँडफाँड भएको तीन कार्यदिन पश्चात क्यापिटलले आईपीएस प्रणाली मार्फत आवेदकले उल्लेख गरेको खातामा रकम सिधै फिर्ता गर्नेछ ।
३९ करोड ५५ लाख ८७ हजार रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्त कम्पनीले गत आर्थिक बर्षमा आठ करोड दुई लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २० रुपैयाँ २९ पैसा कायम गरेको छ । लघुवित्तको सेयर आईतबार प्रतिकित्ता ११३५ रुपैयाँ हाराहारीमा कारोबार भइरहेको छ ।