यी हुन् देशभरी शाखा सञ्जाल धैरै भएका पाँच ठूला बाणिज्य बैंक ( हेर्नुहाेस् कस्काे शाखा कति ?)

Aug 06, 2017 merolagani

- तीर्थराज पौडेल
राष्ट्र बैंकबाट 'क' वर्गको अनुमति लिएर कारोबार गरिरहेका हाल कायम रहेका २८ बाणिज्य बैंकमध्ये तीन सरकारी र दुई बाणिज्य बैंक शाखा संख्याकाे अाधारमा धेरै शाखा संख्या भएकाे बैंकभित्र परेका छन् । जसमध्ये कृषि विकास बैंकको शाखा सञ्जाल सबैभन्दा बढी २३० वटा रहेको छ ।

शाखा सञ्जालमा दोस्रो ठूलाे बैंक राष्ट्रिय बाणिज्य बैंकको १७९ वटा शाखा सञ्जाल रहेको छ । राष्ट्रिय वाणिज्य बैंकले १७ एक्सटेन्सन काउन्टर, ९३ स्थानबाट शाखा रहित बैंकिङ सेवा तथा ११८ एटिएम बुथबाट आफ्नो ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दे आईरहेको छ ।

शाखा संख्याको आधारमा तेस्रो स्थान ओगट्न सफल प्रभु बैंकले १३४ वटा शाखा संख्या विस्तार गरेको छ । बैंकको काठमाडौं उपत्यकाभित्र ४५ तथा उपत्यका बाहिर ८९ वटा शाखा रहेका छन् । प्रभुले १२१ एटीएम काउन्टरबाट वित्तीय  सेवा प्रदान गर्दे आईरहेको छ ।

देशभरीमा पाँच क्षेत्रिय शाखा कार्यालय सहित १३२ शाखा सञ्जाल विस्तार गरेको नेपाल बैंक शाखा सञ्जालको हिसाबले चौंथो स्थान ओगट्न सफल छ । नेपाल बैंकले एक एक्सटेन्सन काउन्टर तथा ३३ एटीएम काउन्टरबाट वित्तिय सेवा प्रदान गर्दे आईरहेको छ ।

शाखा संख्याको हिसाबले पाँचौ ठूलो वाणिज्य बैंक एनआईसी एशिया बैंकको देशभरी ११९ वटा शाखा सञ्जाल रहेको छ । एनआईसी एशियाको काठमाडौं उपत्यका भित्र ३१ शाखा तथा उपत्यका बाहिर ८८ वटा शाखा रहेका छन् । बैंकले ४ एक्सटेन्सन काउन्टर तथा ७५ एटीएम काउन्टरबाट वित्तिय सेवा प्रदान गर्दे आईरहेको छ । एनआईसी एशियाले चालु आवमा ६० वटा शाखा संख्या विस्तार गर्ने योजना साथ अगाडि बढेको बैंकको प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले बताएका छन् ।

शाखा संख्याको आधारमा छैटौ स्थानमा रहेको  ग्लोबल आईएमई बैंकको ११२ शाखा रहेका छन् । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको जेठ मसान्तसम्मको प्रतिवेदन अनुसार नेपालमा हाल कायम रहेका कुल २८ बाणिज्य बैंकका २११६ शाखा संख्या रहेका छन् । तीमध्ये पाँच ठूला बैंकको शाखा संख्या ७९२ रहेको छ । यो कुल 'क' वर्गको बाणिज्य बैंकको शाखा संख्याको ३७ प्रतिशत  हो ।

अञ्चलगत आधारमा बाणिज्य बैंकको शाखा सबैभन्दा बढी बाग्मतीमा ६७२ शाखा संख्या रहेको छ भने सबैभन्दा कम कणार्ली अञ्चलमा १९ वटा शाखा रहेका छन् । त्यस्तै लुम्बिनी अञ्चलमा २०५, नारायणीमा २०२, कोशीमा १९९, गण्डकीमा १६०, जनकपुरमा ११५, मेचीमा ११० वटा र भेरी अञ्चलमा १०१ वटा बाणिज्य बैंकका शाखा कार्यालय रहेका छन् ।

एक सय भन्दा कम शाखा संख्या हुने अञ्चलहरु सगरमाथा, राप्ती, सेती, धवलागिरि र महाकाली गरी पाँच अञ्चलमा क्रमश ८८, ७४, ७७, ४९, ४५ वटा बाणिज्य बैंकको शाखा रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।
समग्रमा मध्यमाञ्चलमा ९८९ शाखा, पश्चिमाञ्चलमा ४१४, पुर्वाञ्चलमा ३९७, मध्य पचिमाञ्चलमा १९४ र सुदुर पश्चिमाञ्चलमा १२२ बाणिज्य बैंकको शाखा कार्यालय रहेको छ ।

बाणिज्य बैंकको शाखा नपुगेका ४११ स्थानीय तहमध्ये २०४ नगरपालिका र २०४ गाउँपालिका गरी २५० स्थानीय तहमा शाखा कार्यालय विस्तार गर्न नेपाल बैंर्कस संघले शाखा खोल्न राष्ट्र बैंक समक्ष प्रस्ताव गरिसकेको छ । १६१ स्थानीय तह भने अझै वाणिज्य शाखा विहीन छन् । यी १६१ स्थानीय तहमा पुर्वाधार अभावकाे कारण देखाउँदै नेपाल बैंर्कस संघले शाखा विस्तारमा गर्न कठिन हुने बताएकाे थियाे । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।