कैलाश विकास बैंकको मुनाफा ५० करोड, प्रतिसेयर आम्दानीमा सुधार

Aug 07, 2017 merolagani

गत आर्थिक बर्षमा कैलाश विकास बैंक (KBBL) ले ५० करोड २६ लाख खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा ५१ प्रतिशतले नाफा बढाएर बैंकले प्रतिसेयर आम्दानीमा सुधार गरेको छ । अघिल्लो बर्षको चौथौ त्रैमासमा बैंकले ३३ करोड २८ लाख खुद नाफा गरेको थियो ।



बैंकले यस अवधिमा १७ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरेर १५ अर्ब ४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
यस अवधिमा बैंकको खराब कर्जा सामान्य बढेपनि एक प्रतिशत भन्दा तलै रहेको छ । समिक्षा अवधिमा बैंकको खराब कर्जा शून्य दशमलव ८८ प्रतिशत छ । बैंकले प्रोभिजनमा ३ करोड ३६ लाख रुपैयाँ राखेको छ भने २ करोड ८७ लाख खराब कर्जा उठाएको छ

बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ९३ पैसा छ । जून अघिल्लो आर्थिक बर्षको भन्दा ५ रुपैयाँले बढी हो । प्रति सेयर नेटवर्थ १४३ रुपैयाँ ९ पैसा रहेको छ । बैंकको सीसीडी रेसियो ७३ दशमलव ५९ प्रतिशत छ ।

बैंकको संचालन मुनाफा तथा खुद व्याज आम्दानी बढेपछि नाफा बढेको हो । बैंकले ८७ करोड ७६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । त्यस्तै बैंकले संचालन मुनाफा ६३ करोड ६८ लाख रुपैयाँ गरेको छ ।

बैंकको चुक्ता पुँजी २ अर्ब २९ करोड रुपैयाँ छ भने जगेडा कोषमा ९८ करोड ७३ लाख रुपैयाँ राखेकोे छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।