चिनियाँ सामग्री भारतमा बहिस्कार

Aug 08, 2017 rss

भारत र चीनबीच केही हप्ता यता विकसित सीमा विवादका कारण पछिल्ला दिनमा चिनियाँ सामग्रीलाई भारतमा बहिस्कार गर्ने प्रवृति बढेको बताउँदै यसलै दुवै पक्ष (चीन र भारत) लाई क्षति हुने सोमबार भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

 

तनाव जारी रहेका समय भारतीय दक्षिणपन्थी शक्ति तथा केही सङ्घसंस्था र व्यक्तिहरूले चिनियाँ सामानको बहिस्कार गर्न आग्रह गरेपछि सञ्चारमाध्यमले यस्ता गतिविधिले दुवै मुलुकलाई बेफाइदा हुने उल्लेख गरेका हुन् ।

गत जुन १८ गते चीन–भारत सीमाको सिक्किम क्षेत्र डोङलाङ ९डाकलाम० मा भइरहेको चिनियाँ सडक विस्तारको काममा भारतीय पक्षले अवरोध गरेपछि दुई देशबीचको तनाव बढेको हो ।

यसै बिषयलाई लिएर गरिएको बहिस्कारलाई भारतीय दैनिक पत्रिका ‘न्यू इन्डियन डेली’ले ‘आर्थिक कट्टर राष्ट्रवादको पुनरुत्थान’ भनी आफ्नो सोमबारको अङ्कमा आलोचना गरेको छ ।

भारतीय आर्थिक समाचार दैनिक द इकोनोमिक टाइम्सले यस्ता (समान बहिस्कारको) नीतिले चीनमाथि दवाव पर्छ भन्ने कुरा ‘गलत’ सोचमात्र भएको र “यसले भारतलाई क्षति पुग्ने” जनाएको छ । टाइम्सले भारत चिनियाँ सामानको आपूर्तिमा निर्भर रहेको जनाएको छ ।

चिनियाँ भन्सार कार्यालयको तथ्याङ्क अनुसार सन् २०१६ मा चीनबाट भारततर्फ हुने निर्यात ५८ अर्व ३२ करोड अमेरिकी डलर रहेको थियो । चीनबाट सन् २०१५ मा ५८ अर्व २५ करोड अमेरिकी डलर बराबरको सामान निर्यात भएको थियो । यसरी हेर्दा चीनबाट भारत निकासी हुने सामानमा वृद्धि देखिन्छ ।

 

तर गतबर्ष भारतबाट चीनतर्फ ११ अर्व ७६ करोड अमेरिकी डलर बराबरको समान निर्यात भएको र उक्त बर्ष भारतबाट चीन निकासी हुने सामानमा १२ प्रतिशतले गिरावट देखिएको थियो । यसको अर्थ भारतको चीनसँगको व्यापार घाटा ४६ अर्व ५६ करोड अमेरिकी डलर रहेको छ ।

भारत चीनको ठूलो व्यापारिक साझेदार छिमेकी मुलुक हो । त्यहाँबाट भारतमा ठूलो मात्रामा विद्युतीय सामग्री, औषधि तथा अन्य तयारी तथा कच्चा पदार्थ ल्याइन्छ । रासस/सिन्ह्वा

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।