अरुण काबेलीको बिजुली राष्ट्रिय प्रसारणमा कहिले जोडिएला ?

Aug 09, 2017 merolagani

अरुण काबेली पावर लिमिटेड (AKPL)  ले निर्माण गरिरहेको २५ मेगावाटको आयोजना निर्माण पुरा भएर कहिलेदेखि राष्ट्रिय प्रसारणमा जोडिएला भन्ने चासो त्यसको सेयर धारण गरेका लगानीकर्तामा बढेको छ । कम्पनीको खुद घाटा भने  ३२.१७ प्रतिशतले बढेको छ ।  

गत आर्थिक बर्षमा कम्पनी एक करोड ४९ लाख १२ हजार रुपैयाँ घाटामा रहेकोमा वित्तीय विवरण कम्पनीले बुधबार सार्वजनीक गरेको छ । अधिल्लो आर्थिक बर्षको यही अवधिमा उसको कुल घाटा एक करोड १२ लाख ८२ हजार रुपैयाँ रहेको थियो ।

एक अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको अरुण काबेलीले अघिल्लो आर्थक बर्षमा १० लाख १४ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीले गत आर्थिक बर्षमा कुनै आम्दानी गर्न सकेन । 

कम्पनीले सञ्चालन घाटा भने १६ लाख चार हजारबाट तीन लाख ८३ हजारमा घटाएको छ । उसको गैर सञ्चालन घाटामा समेत सुधार आएको छ । अघिल्लो आर्थिक बर्षमा ३९ लाख ७३ हजार रहेकोमा गत आवमा ३४ लाख ४९ हजारमा झारेको हो ।

अघिल्लो आर्थिक वर्षमा १९ करोड ५२ लाख बैंक मौजात रहेकोमा गत आवमा ४२ लाख ५४ हजार रुपैयाँ मात्र रहेको छ । यस अवधिमा कम्पनीको आयोजनामा लगानी भने बढेको छ । अघिल्लो बर्ष एक अर्ब ६० करोड ५० लाख आयोजनामा लगानी गरेको कम्पनीले बढाएर तीन अर्ब १६ करोड २८ लाख रुपैयाँ पुर्याएको छ ।

कम्पनीले बिद्युत उत्पादन थालेपछि घाटा कम भएर गई जगेडा कोष धनात्मक हुने छ ।बिद्युत उत्पादन सुुरु हुन अझै केही महिना लाग्ने देखिएको छ ।

अरुण काबेलीसँग कुल चालु सम्पत्ति ८ करोड १० लाख रुपैयाँले घटेर ५० करोड १५ लाख रुपैयाँमा झरेको हो । कम्पनीसँग ३५ करोड ८३ लाख ४४ हजार चालु दायित्व रहेको छ । यसरी हेर्दा कम्पनीसँग खुद चालु सम्पत्ति १४ करोड ३१ लख ८६ हजार रुपैयाँमात्र रहेको देखिन्छ ।

अरुण काबलीले एक अर्ब ८८ करोड ४७ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थासँग ऋण लिएको छ । सेयरपूँजी तथा ऋण लगानी जोडेर कम्पनीको घाटा घटाउँदा कम्पनीसँग कूल तीन अर्ब ३६ करोड ९८ लाख रुपैयाँको कोष बाँकी रहेने देखिन्छ ।

गुरु न्यौपानेको पारिवारिक जसरी सञ्चालित कम्पनीको अब पनि वित्तिय सुसासन कायम नहुने हो भने कम्पनीलाई नाफामा लगेर सेयरधनीलाई लाभांश बाँड्न अझै कति बर्ष पर्खनुपर्ने हो अहिले भन्न सकिन्न ।

बैंक तथा बीमा समूहमा नियामक निकायले अनुगमनकाे व्यवस्था रहेपनि जलविद्युत कम्पनीमा नियामक निकाय नहुँदा प्राय सबैजसाे जलविद्युत कम्पनीमा सुशासनकाे अभाव देखिन्छ । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।