राम्रो प्रगति गर्दा पनि छिमेक लघुवित्तको प्रतिसेयर आम्दानी किन घट्यो ?

Aug 10, 2017 Merolagani

छिमेक लघुवित्त (CBBL) ले खुद नाफामा गरेको सुधार भन्दा पूँजी धेरै बढेका कारण प्रतिसेयर आम्दानीमा संकुचन आएको छ । लघुवित्तको अघिल्लो आर्थिक वर्षमा प्रतिसेयर आम्दानी ७९ रुपैंया ३४ पैसा रहेकोमा गत आर्थिक वर्षमा ६९ रुपैंया १० पैसा कायम भएको छ । लघुवित्तको पूँजी वृद्धिका कारण प्रतिसेयर आम्दानी १० रुपैंया २४ पैसाले घटेको हो ।

लघुवित्तले गत आर्थिक वर्षमा ५७ करोड ६४ लाख १६ हजार रुपैंया खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा उसको खुद नाफा ४७ करोड २६ लाख ८१ हजार रुपैंया थियो । लघुवित्तले गत आर्थिक वर्षमा गरेको खुद नाफा केही वाणिज्य बैंकको भन्दा धेरै हुने देखिएको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ५९ करोड ५७ लाख ४८ हजार रुपैंयाबाट बढेर ८३ करोड ४० लाख ७१ हजार रुपैंया पुगेको छ । लघुवित्तको जगेडा कोषको आकार भने एक अर्ब नजिक पुगेको छ । अघिल्लो आर्थिक वर्षमा ७४ करोड ६८ लाख २७ हजार रुपैंया सञ्चित रहेको जगेडा कोषमा अहिले ९५ करोड ४६ लाख ९१ हजार रुपैंया सञ्चित छ ।

निक्षेप तथा कर्जा परिचालनमा झण्डै एक तिहाइले आकार बढाएको लघुवित्तको व्याज आम्दानी दुई अर्ब २६ करोड ५४ लाख १६ हजार रुपैंया छ । व्याज खर्च अधिक बढेर एक अर्ब एक करोड ८९ लाख रुपैंया पुगेको लघुवित्तको कर्मचारी खर्च तथा अन्य सञ्चालन खर्च केही बढेको छ ।

सम्भावित जोखिमका लागि छ करोड १४ लाख ४८ हजार रुपैंया छुट्याएको लघुवित्तले ९८ लाख १२ हजार रुपैंया मात्र राइट व्याक गरेको छ ।

निष्कृय कर्जा अनुपात ०.०९ प्रतिशत रहेको लघुवित्तको प्रतिसेयर नेटवर्थ दुई सय १४ रुपैंया ४६ पैसा तथा मूल्य आम्दानी अनुपात २२.०७ प्रतिशत रहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।