नेरुडे लघुवित्तको खुद नाफा नौ करोड ४६ लाख

Aug 10, 2017 Merolagani

नेरुडे लघुवित्त (NLBBL) ले गत आर्थिक वर्षमा नौ करोड ४६ लाख ७७ हजार रुपैंया खुद नाफा कमाएको छ । लघुवित्तले अघिल्लो आर्थिक वर्षमा आठ करोड १० लाख नौ हजार रुपैंया खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा २१ करोड ६० लाख रुपैंयाको चुक्ता पूँजी ३० करोड ६० लाख रुपैंया पुगेको छ । खुद नाफाको अनुपातमा पूँजीवृद्धिको अनुपात धेरै भएका कारण लघुवित्तको प्रतिसेयर आम्दानीमा संकुचन आएको छ । अघिल्लो आर्थिक वर्षमा ३७ रुपैंया ५० पैसा रहेको प्रतिसेयर आम्दानी अहिले ३० रुपैंया ९४ पैसामा खुम्चिएको हो ।

लघुवित्तको मूल्य आम्दानी अनुपात ४१.५३ गुणाले बढी छ । जगेडा कोषको आकार समीक्षा अवधिमा ११ करोड ८८ लाख रुपैंयाबाट बढाएर ३९ करोड ६६ लाख रुपैंया पुर्याएको लघुवित्तको प्रतिसेयर नेटवर्थ दुई सय २९ रुपैंया ६२ पैसा रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।