तीन गुणा पूँजी बढाउदा हाम्राे बिकास बैकलार्इ समस्या, प्रतिसेयर आम्दानी २०.४७ रुपैयाँले घट्यो

Aug 10, 2017 merolagani

हाम्रो विकास बैंकले गत आर्थिक बर्षमा अघिल्लो बर्षको तुलनामा १४.७७ प्रतिशत खुद नाफा बढाएर चार करोड ३५ लाख रुपैयाँ कमाएको छ । बैंकको चुक्ता पूँजी तीन गुणा  बढ्दा प्रतिसेयर आम्दानीमा पनि सोही अनुपातमा गिरावट आएको छ ।

बैंककाे अघिल्लो बर्ष १२ करोड २३ लाख रुपैयाँ रहेको चुक्ता पूँजी २०० प्रतिशत हकप्रद तथा २५ प्रतिशत बोनसबाट तीन गुणा बढाएर ४१ करोड ३६ लाख रुपैयाँ पुर्याएको छ ।

समीक्षा अवधिमा बैंकले एक अर्ब २५ करोड ७५ लाख निक्षेप संकलन तथा एक अर्ब १२ करोड ३० लाख रुपैयाँ कर्जा परिचालनबाट आठ करोड २५ लाख रुपैयाँ खुद व्याज आम्दानी गर्न सफल देखिन्छ ।

एक बर्ष अवधिमा बैंकको निक्षेप २०.६४ प्रतिशत, कर्जा ३२.७४ प्रतिशत र खुद व्याज आम्दानी ३३.२७ प्रतिशतले बढेको छ ।
नुवाकोटमा मुख्य कार्यालय रहेको एक जिल्ले विकास बैंकको निष्कृय कर्जा अनुपात शून्य दशमलव १६ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी भने २०० प्रतिशत हकप्रद जारी गरेपछि ३१ रुपैयाँबाट १०.५४ रुपैयाँमा झरेको छ ।

बैंकको सिडी रेसियो ६५.६८ र कोषको लागत ५.४२ प्रतिशत तथा प्रतिसेयर नेटवर्थ ११४.१७ रुपैयाँ रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।