कोषले आगामी भाद्र १६ गते साधारणसभा बोलाएको छ । कम्पनीको साधारणसभामा भाग लिन र बोनस पाउन विहीबारसम्म सेयर लिनुपर्नेछ । जसमा २१.८५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१५ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव लग्दैछ ।
कोषले आर्थिक बर्ष ०७१/०७२ को कमाईबाट उक्त लाभांस प्रस्ताव गरेको हो ।
कम्पनीले प्रस्ताव गरेको लाभांस महालेखा परीक्षकको कार्यालयको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन ।
कम्पनीको हाल चुक्ता पूँजी ६० करोड ७५ लाख रुपैयाँ छ। बेानसपछि कम्पनीकाे चुक्तापूँजी ७४ करोड नाघ्नेछ । कोषले गत आर्थिक बर्षको अन्त्यसम्म ९३ अर्ब ५३ करोड ६२ लाख रुपैयाँ खुद कोष रकम संकलन गरेर ८५ अर्ब ५० करोड ४९ लाख रुपैयाँ लगानी गरेको छ ।