जनता बैंक र जनउत्थान लघुवित्तको सेयर सूचिकृत

Aug 10, 2017 merolagani

जनता बैंक र जनउत्थान लघुवित्तको सेयर विहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सुचिकृत भएको छ । दुबै कम्पनीको गरि कुल दुई करोड २७ लाख ४६ हजार ६८१ कित्ता सेयर सूचिकरण भएको नेप्सेले जनाएको छ ।

जनता बैंकले यसअघि प्राप्ति गरेको सिद्धार्थ डेभलपमेन्ट बैंक तर्फको दुई करोड २७ लाख छ हजार ६८१ कित्ता सेयरलाई सूचिकरण गराएको हो ।

उता जनउत्थान लघुवित्त कम्पनीले पनि विहीबार आर्थिक बर्ष २०७२/७३ मा बितरण गरेको २० प्रतिशत बोनस सेयर बराबर ४० हजार कित्ता बोनस सेयर सूचिकरण गराएको हो ।

सूचिकरण भएको सेयर सेयरधनीले आफ्नो हितग्राही खातामा जम्मा भएपछि कारोबार गर्न सक्नेछन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।