नेपाल हाइड्रो डेभलपरको आइपिओ शुक्रबार देखि खुल्ने, आस्वा अनिवार्य

Aug 10, 2017 merolagani

नेपाल हाइड्रो डेभलपर (NHFPL) ले साउन २७ गते (शुक्रबार) देखि तीन लाख ९० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय रुपैंया अंकित मूल्यमा तीन करोड ९० लाख रुपैयाँ बराबरको सेयर निष्काशन गर्न लागेको हो ।



कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।

कम्पनीको साधारण सेयरमा आस्बा प्रणाली मार्फत मात्र आवेदन गर्नु पर्नेछ । धितोपत्र बोर्डले गत साउन १ गतेदेखि सार्वजनिक निष्कासनमा आश्वा अनिवार्य गरेको हो ।

साथै धितोपत्र बोर्डले जारी गरेको नयाँँ 'धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका' अनुसार सबै आवेदकलाई १० कित्ता सेयर बाँडफाँड गर्नु पर्ने हुन्छ । त्यति गर्दा सेयर बाँकी रहेको खण्डमा फेरि १० कित्ताका दरले सबैलाई अथवा गोलाप्रथाबाट केही आवेदकलाई सेयर बितरण गर्नु पर्ने हुन्छ । हाइड्रोको सेयर संख्या थोरै भएको हुनाले सबै आवेदकले सेयर पाउने देखिन्न ।

कम्पनीले ३ लाख ९० हजार कित्ता सेयर निष्कासनमा गरेको छ । यसको आधारमा अनिवार्य दश कित्ता बितरण गर्दा ३९ हजार आवेदकले मात्र दश कित्ताका दरले सेयर पाउने देखिन्छ । यदि ३९ हजार भन्दा बढी आवेदकले सेयर आवेदन गरेमा कम्पनीको सेयर गोलाप्रथाबाट बाँडफाँड हुनेछ । गोला प्रथाबाट पनि दश कित्ताकै दरले सेयर पाउनेछन । यसकारण कम्पनीको सेयरमा ५० कित्ताका लागि न्यूनतम पाँच हजार  रुपैयाँ मात्र आवेदन गर्दा हुन्छ । 

कम्पनीको साधारण सेयरमा साउन ३२ गतेसम्म आवेदन गर्न सकिन्छ ।

...[अब पचहत्तरै जिल्लाबाट आस्बा प्रणालीको सहायताले यसरी गर्नुहोस् साधारण सेयरमा सजिलै आवेदन]...

हाइड्रोले यसअघि गत मंसिरमा दोलखाका आयोजना प्रभावित स्थानीयबासीलाई दुई लाख ६० हजार कित्ता साधारण सेयर बिक्री गरि बाँडफाँड गरिसकेको छ ।

सर्वसाधरणलाई सेयर निष्काशन गरे पश्चात कम्पनीको चुक्ता पूँजी २६ करोड रुपैंया पुग्नेछ ।

दोलखामा ३.५२ मेगावाटको चर्नावति जलविद्युत आयोजना निर्माण सम्पन्न गरी नियमित रुपमा विद्युत बिक्री गर्दै आएको छ । कम्पनीलाई इक्रा नेपालले रेटिंग चार प्रदान गरेको छ, यसको अर्थ कम्पनीको वित्तीय अवस्था अति कमजोर रहेको बुझिन्छ ।

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।