हाल कम्पनीको चुक्तापूँजी ५९ करोड ४० लाख रुपैयाँ पुगेको छ । जारी गर्ने ५० प्रतिशत हकप्रद पछि कम्पनीको पूँजी ८९ करोड १० लाख रुपैयाँ पुग्नेछ ।
विमा समितिले तोकेको पूँजी पुर्याउने क्रममा गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले दुई बराबर एक अर्थात पचास प्रतिशत हकप्रद बिक्री गर्ने भएको हो ।
बीमा समितिको निर्देशन अनुसार लाइफ इन्स्योरेन्स कम्पनीले ०७५ अषाढसम्ममा दुई अर्ब चुक्तापूँजी पुर्याउनुपर्ने हुन्छ ।