यस्ता कम्पनीको सेयर सकेसम्म उचालिएर किन्नुपर्छ !

Aug 11, 2017 Merolagani

तिलक कोइराला

नेपाली सेयर बजार क्षेत्रको उदाहरणीय (?) कम्पनी हो बाग्लुड.को ग्रिन डेभ्लपमेन्ट बैंक(GRDBL) । यो कम्पनीको सेयर सकेसम्म मूल्य उचालिएर किन्नुपर्छ र धेरैभन्दा धेरै सेयर आफुसँग थुपारेर चुलुम्मै डुब्दा बिछट्टै मज्जा आउनसक्छ !

बिहीबार राम्रा र ठूला बाणिज्य बैंकहरुको सेयर मूल्य घटेर समग्र सेयर बजार नै आठ अंकले तल आउँदा ग्रिन डेभ्लपमेन्ट बैंकको सेयर मूल्य भने ६.६७ प्रतिशतले बढेर प्रति कित्ता ६६७ रुपैयाँ पुग्यो । धेरैले यसको रहस्य थाहा पाएका थिएनन् । शुक्रबार बिहान पत्रिका हेर्दा पो थाहा भयो, उसले जगेडा कोष नै ७० लाख रुपैयाँ भन्दा बढीले घाटामा रहेको आकर्षक बित्तीय बिबरण प्रकाशन गर्दै रहेछ ।

कम्पनीको संचालन घाटा रहेको र निस्क्रिय कर्जा बढेको बित्तीय बिबरण हेर्नेहरुले उसको प्रति सेयर आम्दानी हेरेर चित्त बुझाउँलान् भन्ने कुरा पनि भएन किनभने कम्पनी अघिल्लै बर्ष एक करोड संचित घाटामा छ ।
कम्पनीले निक्षेप संकलन र कर्जा बिस्तार गर्नुका साथै ब्याज आम्दानी बढाएको कुरालाई सकारात्मक मान्दामान्दै पनि कर्मचारी र संचालन खर्च धान्नै नसक्ने गरी बढेको छ ।

बिहीबार मात्रै सेयर मूल्य उचालियो के भन्नु ४०० प्रतिशत हकप्रद बेच्ने घोषणा गरेपछि नै उसको सेयर मूल्य प्रतिकित्ता ७४८ रुपैयाँसम्म पुगेको थियो । लगानीकर्ताहरु यो कम्पनीको सेयर सकेसम्म उचालिएर किन्न अझै तछाड मछाड गरिरहेका छन् । बिहीबार पाँच वटा सेयर दलालबाट १० वटा कारोबार हुँदा ३०० कित्ता सेयर किनबेच भयो । कम्तिमा १० जना भाग्यमानी लगानीकर्ताहरुले यस कम्पनीको सेयर हात पार्न सके । ४०० प्रतिशत हकप्रद प्रतिकित्ता एकसय रुपैया हालेर किनी कम्पनीको घाटामा बढी भन्दा बढी सहभागिता जनाउन चाहनेहरुका लागि ग्रिनको सेयर किन्ने अहिले नै सुबर्ण अवसर हो । एकसय रुपैयाँमा साधारण सेयर अर्थात आईपीओ पारेकाहरुले दीर्घकालीन लगानीको हिसाब राखे बेशै होला ।

अरु कम्पनीका लगानीकर्ताले अबको एक दुई महिनाभित्र आकर्षक बोनस सेयर सहितको प्रतिफल हात पारेर खुशियाली मनाउँदा ग्रिन डेभ्लपमेन्ट बैंकका उचालिएर सेयर किन्नेहरु पुर्पुरोमा हात राखेर बेग्लै आनन्द लिईरहेका हुनेछन् । डुब्नुको मज्जा नै बेग्लै हुन्छ ।

कम्तिमा २० देखि ३० प्रतिशत बोनस सेयर दिने बाणिज्य बैंकहरुको सेयर मूल्य ४०० रुपैयाँ देखि ५०० रुपैयाँ प्रतिकित्तासम्म हुँदा संचित घाटामा रहेर हकप्रदको भारी बोकाउने ग्रिनको सेयर उचालिएर किन्नेहरुले आनन्द नमाने कसले मान्छ ? सेयर बजारमा यस्ता कम्पनीहरुले खोज्ने नै अचम्म स्वभावका लगानीकर्ता हुन् जसले अरुको तनाव शान्त पार्न भएभरका लफडा आफ्नो थाप्लोमा बोक्छन् । अनि पछि सेयर बजार जुवा घर रहेछ भन्दै मुखै अमिलो पारेर सधैका लागि बाहिरिन्छन् ।

राष्ट्र बैंकले तोकेको ५० करोड पूँजी पुर्याउन ४०० प्रतिशत हकप्रद वापतको रकम जम्मा पार्न नसकेर संस्थापकहरुले संस्थालाई बेच्ने निर्णय गरे भने पनि सबैभन्दा बढी खुशियाली मनाउँदै धितोपत्र बोर्ड घेर्न जानेमा अहिले उचालिएर सेयर किन्ने तिनै लगानीकर्ताहरु नै हुनेछन् । उनीहरुले त्यतिखेर खुशियाली बाँडेको हेर्न अरुलाई पनि मज्जा नै आउला । प्रश्न त यहाँ छ संचित घाटामा रहेका, थोरै पूँजी भएको कम्पनीलाई कसले किन्ला र कति स्वाप देला ?

गत बर्ष साधारण सेयर जारी गर्दा नै कम्पनीले ईक्रा नेपालबाट निकै कमजोर रेटिड. पाएको थियो । त्यतिखेर नै मेरोलगानी डटकमले सर्बसााधारण लगानीकर्तालाई सचेत गराएकै हो । कम्पनीको अबस्था अझै खराब रहेकाले सेयर बजारमा उचालिएर यस कम्पनीको सेयर नकिन्न सचेत गराउनु अहिले पनि हामी आफ्नो कर्तब्य नै ठान्छौ ।

हामीले सर्बसाधारण लगानीकर्ताहरुलाई सचेत गराउँदा गाली गर्दै यसले घटाएर सेयर किन्न खोज्यो भन्ने आरोप लगाईन्छ । ठीक छ, हामीलाई सकेसम्म गाली गर्नुहोस् र बजारबाट भएभएरको सेयर उठाउनुहोस् । तर याद राख्नुहोस् तपाइँ डुब्दा उद्धार गर्न कोही आउँदैन, तपाइँलाई घाटा परेको पैसा कसैले तिरिदिने छैनन् । 

ग्रिन डेभ्लपमेन्ट मात्रै हैन, नेप्सेको भित्तामा ग्रिन देखिने अरु केही कम्पनी पनि सर्बसाधारण लगानीकर्ताका लागि खतराका घण्टी बजाईरहेका छन् ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।