१७ वाणिज्य बैंकमा कुन देखियो तगडा ? तथ्याङ्कमा हेर्नुहोस्

Aug 12, 2017 merolagani

गत आार्थिक बर्षको बित्तीय विवरण प्रकाशन गर्ने क्रममा शुक्रबारसम्म २८ मध्ये १७ बाणिज्य बैंकले आफ्नो बित्तीय विवरण प्रकाशित गरेका छन् । यस अवधिमा १७ बाणिज्य बैंकले कुल २६ अर्ब ८० करोड ४७ लाख रुपैयाँ खुद नाफा गरेका छन् । १७ मध्ये नबिल बैंकले सबैभन्दा धेरै खुद नाफा कमाएको छ भने सबैभन्दा थोरै कमाउनेमा मेगा बैंक रहेको छ ।

सबै बैंकको कुल चुक्ता पूँजी एक खर्ब १२ अर्ब ६० करोड ७५ लाख तथा कुल जगेडाकोष ६२ अर्ब ५४ करोड ६३ लाख रुपैयाँ बराबर छ ।

गत आर्थिक बर्षको बित्तीय बिवरण प्रकाशित गरेका बैंक मध्ये  तीन अर्ब ६२ करोड रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ५८ रुपैयाँ ५४ पैसा कायम गर्दे नबिल बैंक सबैभन्दा अब्बल बनेको छ । सबैभन्दा कम प्रतिसेयर आम्दानी रहेको बित्तीय बिवरण  सनराईज बैंकले प्रकाशित गरेको छ । सनराईजले एक अर्ब १६ करोड ६९ लाख खुद नाफा गर्दा प्रतिसेयर आम्दानी १६ रुपैयाँ ६६ पैसा कायम भएको हो ।

हेर्नुहोस १७ वाणिज्य बैंकको प्रतिसेयर आम्दानी, पूँजी, जगेडा तथा प्रतिसेयर नेटवर्थ कति छ ?

केही बैकहरूले प्रतिसेयर आम्दानी हिसाव गर्ने क्रममा एकरुपता नदेखिएकाले लगानीकर्ता अन्यौलमा परेका छन् । १७ मध्ये केही बैंकले यस्तो बिवरण  फरक ढंगले प्रस्तुत गरेका छन् ।

चुक्ता पूँजीको आधारमा सबैभन्दा बढी ग्लोबलआई बैंकको ८ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । ग्लोबल आईएमई बैंकले रिलायबल डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुर्याएको हो । सबैभन्दा थोरै चुक्ता पूँजी मेगा बैंकको छ । मेगाले धितोपत्र बोर्डबाट ६५ प्रतिशत हकप्रद बिक्री गर्ने अनुमति शुक्रबार मात्रै पाएको छ । हकप्रद जारी गर्दा उसको चुक्ता पूँजी सात अर्ब ५६ लाख रुपैयाँ पुग्नेछ ।

आठ अर्ब पूँजी पुर्याउन अझै कुन - कुन बैकलाई समस्या ?

जगेडा कोषको आधारमा सबैभन्दा अगाडि  कृषि विकास बैंक देखिएको छ । बैंकको जगेडा कोषमा ९ अर्ब ८८ करोड रुपैयाँ सञ्चित रहेको छ । सबैभन्दा कमजोर जगेडा कोष मेगा बैंकको रहेको छ । उसको जगेडाकोषमा जम्मा एक अर्ब २८ करोड रुपैयाँ मात्र रहेको छ ।

माथि उल्लेखित तथ्याङ्क बैकहरुले प्रकाशित गरेका चौथो त्रैमासको बित्तीय बिवरण अनुसार तयार पारिएको हो ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।